दाहाललाई भारतीय प्रधानमन्त्रीको बधाई

35

काठमाडौं, साउन १९–
नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । मोदीले भारतले पूर्ण सहयोग गर्ने समेत बताएका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएपछि मोदीले दाहाललाई टेलिफोन गरेर शुभकामना दिएका थिए । मोदीले ट्वीटरमा दाहालसँग कुराकानी भएको र भारतका तर्फबाट पूर्ण सहयोग हुने आश्वासन दिइएको बताएका छन् । उनले दाहाललाई भारत भ्रमणको निम्तो पनि दिएका छन् ।

Womui
Womui