निगमले ग्यासमा २५, पेट्रोल–डिजेलमा २ रुपैयाँ भाउ घटायो

44

काठमाडौं, साउन १८–
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेल र ग्यासको मूल्य घटेसँगै निगमले मूल्य घटाएको हो । पेट्रोल, डिजेल, मट्टितेलमा प्रति लिटर २ रुपैयाँ र ग्यासमा प्रति सिलिन्डर २५ रुपैयाँ मूल्य घटाएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । पेट्रोलको मूल्य प्रतिलिटर ९९ बाट ९७ रुपैयाँ, डिजेल, मट्टितेलको ७५बाट ७३ रुपैयाँ र ग्यास प्रति सिलिनडर १४सय रुपैयाँबाट १३ सय ७५ रुपैयाँमा झरेको निगमले जनाएको छ ।

Gasp

Womui
Womui