संघिय गठबन्धनसँग काँग्रेस–माओबादीको मौखिक सहमति

157

काठमाडौं, साउन १८–
संघीय गठबन्धन र नेपाली कांग्रेस तथा माओवादी केन्द्रबीच तीन बुँदे मौखिक सहमति भएको छ । मंगलबार विहान बसेको त्रिपक्षीय बैठकमा मधेसी मोर्चाले उठाउँदै आएको मधेसका विषयमा मौखिक सहमति भएको हो ।

morcha

सहमती अन्तर्गत मधेस आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा, घाइतेको निःशुल्क उपचार, क्षतिपूर्ति, झुठा मुद्दा फिर्ता लगायतका सरकारले गर्न सक्ने काम मन्त्रिपरिषद बैठकबाट अनुमोदन गर्ने, सीमाकंनलगायतका विषयमा संविधान संशोधन गर्न सबै राजनीतिक दलबीच सहमति गरी निश्चित अवधिभित्र संविधान संशोधनमार्फत समस्याको समाधान गर्ने र मधेसी मोर्चाले बुधबार हुने प्रधानमन्त्रीको निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्डलाई मतदान गर्ने सहमति भएको संघीय गठबन्धनका नेता एवं राष्ट्रिय मधेस समाजावादी पार्टीका महासचिव केशव झाले जानकारी दिए ।

Womui
Womui