मोर्चाले प्रधानमन्त्रीमा प्रचण्डलाई ससर्त मतदान गर्ने

55

काठमाण्डौं, साउन १७–
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई प्रधानमन्त्रीमा मतदान गर्न कार्यदल समक्ष प्रस्ताव पेश गरिएको छ । आईतवार मोर्चाको तर्फबाट कार्यदल समक्ष पेश गरिएको पाँच बुँदे राजनीतिक मागमा दुई बुँदा थप गरेर सोमवार पुनः अर्को प्रस्ताव पेश गरिएको छ । थप गरिएको राजनीतिक मागमा स्थानीय निकाय पुर्नसंरचना आयोग पुर्नगठन गर्नुपर्ने भनिएको छ ।

Madhesi Morcha

राजनीतिक मागहरु कार्यदलबाट सम्बोधन भए प्रधानमन्त्री निर्वाचनामा दहालको पक्षमा मतदान गर्ने मोर्चाले सातौ बुँदामा उल्लेख गरेको छ । राजनीतिक मागहरु कार्यदलबाट सम्बोधन भए प्रधानमन्त्री निर्वाचनामा दहालको पक्षमा मतदान गर्ने मोर्चाले सातौ बुँदामा उल्लेख गरेको छ । अहिले स्थानीय निकाय पुर्नसंरचना गर्ने कार्य रोकेर आयोग गठन गरेर मात्र स्थानीय निकाय पुर्नसंरचनाको काम अगाडि बढाउनुपर्ने मोर्चाको माग छ ।

Womui
Womui