रक्त चन्दनको तेल बरामद

177

नेपालगन्ज, साउन १६–
बाँके प्रहरीले रक्त चन्दनको तेल बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर २४ बाट आइतबार दिउँसो साढे ४ बजे अवैध रक्त चन्दनको तेल बरामद गरिएको हो । रक्त चन्दन तेलको कारोबार भइरहेको छ, भन्ने विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पाटेश्वरी राष्ट्रिय प्राथमिक बिद्यालयको कम्पाउण्डबाट सोही ठाउँ निवासी २६ बर्षिय प्रदिप शाही र प्रमोद थापालाई १५ लिटर अवैध रक्त चन्दन तेल सहित पक्राउ गरेको थियो । पक्राउ अभियुक्त विरुद्ध अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

IMG_4424

Womui
Womui