एमालेद्धारा बाढी प्रभावित क्षेत्र निरिक्षण

41

नेपालगन्ज, साउन १६–
एमाले बाँके र युवा संघको टोलीले बाढी प्रभावित क्षेत्रको निरिक्षण गरेको छ । एमाले उपाध्यक्ष निरक गुरुङ, क्षेत्र नम्बर २ का अध्यक्ष राजेन्द्र कँडेल, युवा संघ बाँकेका अध्यक्ष किशोर थापा लगायतको टोलीले फत्तेपुर र गंगापुर तथा कुडवा गाउँमा पुगेर बाढी पीडितलाई भेट गरेको हो । टोलीले बाढी पीडितको अवस्थाबारे जानकारी लिएको छ । बाढी पीडितले राप्ती किनारमा रहेको वस्ती असुरक्षित रहेको भन्दै आफुहरुलाई सुरक्षित स्थानमा सार्न माग गरेका थिए । पछिल्लो समय राप्ती नदीले पुर्बतर्फ कटान तीव ्ररुपमा गरेका कारण फत्तेपुर र गंगापुरका बासिन्दा बढी जोखिममा रहेको पाइएको उपाध्यक्ष गुरुङले बताएका छन् ।

Womui
Womui