संवैधानिक आयोगलाई राजनीति मुक्त गराउनुपर्ने भट्टराईको जोड

100

घोराही, साउन १७–
पुर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले संवैधानिक आयोगहरु स्वतन्त्र निकाय बन्न नसकेर भ्रष्टाचार मौलाएको बताएका छन् । छलफल चौतारी दाङले आईतवार घोराहीमा गरेको बहस कार्यक्रममा भट्टराईले राजनीतिबाटै भ्रष्टाचार मौलाएको भन्दै उनले राजनीतिक भागवण्डाका आधारमा नियुक्त हुने कर्मचारीहरु पनि यसबाट अछुतो नबन्ने बताए । उनले अहिलेको अख्तियारको संरचनालाई भत्काएर राजनीतिबाट अलग राखि विशुद्ध निकाय बनाउनु पर्ने बताए ।

Baburam Bhattrai

‘अख्तियारले साना माछा मात्रै समात्छ, ठूलालाई छोडिदिन्छ भन्ने सत्य हो,’ उनले भने ‘राजनीतिक पार्टीबाट सिफारीस भएकाहरुले तिनै ठूला माछाहरुलाई समात्ने हिम्मत कसरी गर्ने ?’ आँफू कुनै व्यक्ति बिशेषको आलोचना गर्ने नभई समग्र आयोगको संरचनानै भ्रष्टाचारबाट प्रेरित रहेको भट्टराईले सुनाए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग आँफै भ्रष्टाचारबाट अछुतो नरहेको दाबी गरेका छन् । आँफू प्रधानमन्त्री छँदाको अनुभव सुनाउँदै उनले भने ‘सबै भन्दा भ्रष्ट मान्छे त्यहिँ छन् ।’ भट्टराईले भ्रष्टाचारी भनेर कहलिएकाहरु समेत अख्तियारमा नियुक्तीका लागि हात जोड्न आउने गरेको सुनाए ।

‘म प्रधानमन्त्री भएको बेला अख्तियारमा नियुक्त पाउँ भन्न कहिलएका भ्रष्टचारीहरु पनि हात जोड्न आउँथे,’उनले भने‘ त्यहाँ भएकाहरु पनि उस्तै छन् ।’ एकअर्को प्रसंगमा उनले सरकार फेरबदलको खेलले मुलुकमा अस्थिरता पैदा भैरहेको वताए । ‘म्यादी सरकार बनाएर मुलुकको बिकास सम्भव छैन,’उनले भने ‘यस्तो म्यादले केबल कुर्सी मात्रै प्यारो देखाउँछ, विकास हैन ।’

Womui
Womui