मानव अधिकार पुरस्कारबाट मौलाना सम्मानित

98

नेपालगन्ज, साउन १६–
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीयकार्यालयको आयोजनामा इन्सेकका संस्थापकमहासचिव स्व. प्रकाश काफ्लेको २४ औं प्रकाश स्मृति दिवस आइतबार नेपालगन्जमा मनाइएको छ । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले नेपालगन्जका मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार साफी (मञ्जरी) लाई २२ आंै प्रकाश मानव अधिकार पुरस्कार–२०७२ बाट सम्मान गरे । उक्त अवसरमा आयोगका अध्यक्ष शर्मा र इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले संयुक्त रुपमा मञ्जरीलाई ५० हजार रुपियाँ सहित सम्मानपत्र र इन्सेकको लोगो प्रदान गरे । कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले नेपालीहरु राजनीतिक क्षेत्रमा सक्रिय भएका कारण परिवर्तन हँुदै गएपनि सामाजिक अभियान त्यही अनुरुप नभएको बताए । सामाजिक अभियानको अभावमा राजनीतिक परिवर्तनका उपलब्धीलाई संस्थागत गर्न नसकिने बताउँदै आयोगका अध्यक्ष शर्माले सामाजिक अभियान चलाउन आवश्यक रहेको सुझाव दिए ।

Maulana-Abdul

इन्सेकका अध्यक्ष सुबोध राज प्याकुरेलले व्यक्तिका आस्थाहरु फरक भएपनि सबैको आस्थाको लक्ष्य एउटै भएको बताउँदै सबै धर्मको एउटै लक्ष्य मानवताको सेवा भएको बताए । ‘जसलाई संयुक्त राष्ट्र सङ्घको विश्वव्यापी घोषणापत्रले आस्थाको अधिकार को रुपमा परिभाषित गरेको छ,’ उनले भने । इन्सेकका संस्थापक अध्यक्ष तथा राष्ट्रपति कार्यालयका राजनीतिक विज्ञ सुशील प्याकुरेलले इन्सेकका संस्थापक महासचिव स्व.प्रकाश काफ््लेको योगदानको कदर गर्दै प्रकाश मानव अधिकार पुरस्कार सर्वाधिक महत्वपूर्ण पुरस्कार बन्न पुगेको बताए । स्व. काफ्लेले छोटो अवधीमा मानव अधिकारको क्षेत्रमा गरेको योगदान महत्वपूर्ण रहेको इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले बताए । नेपालमा मानव अधिकार जति सशक्त हुँदै जान्छ स्वर्गीय प्रकाश ज्यूदो हँुदै जानेउनले बताए ।

कार्यक्रममा सम्मानित व्यक्तित्व मञ्जरीले सामाजिक क्षेत्रमा थप जिम्मेवारी थपिएको महसुस भएको बताउँदै समाजमा जातीय र धार्मिक द्वन्द्व हुन नहुनेमा जोड दिए । उनले भने, ‘मान्छे रहे नै धर्म रहन्छ । धर्मका नाममा द्वन्द्व गरिए राष्ट्र कमजोर हुन्छ ।’ कार्यक्रममा इन्सेकका महासचिव तथा पुरस्कार छनौट समितिका संयोजक रमेशचन्द्र पोडेल, जिल्ला प्रहरी कार्यालयका एसपी टेकप्रसाद राई, महेन्द्र बहुमुखी क्याम्पस प्रमुख गणेश रेग्मी, अन्तरपार्टी महिला सञ्जालकी उपाध्यक्ष विजया धिताल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य झलक गैरे लगायतले बोलेका थिए ।

Womui
Womui