सुरक्षित बसोबास माग्दै बाढी पीडितको प्रर्दशन

148

नेपालगन्ज, साउन–१६
बाँकेका बाढी पीडितले जिल्ला प्रशासन कार्यालय अगाडी प्रर्दशन गरेका छन् । आइतबार दिउँसो फत्तेपुर, होलिया, बेतहनी, बनकट्टी, गंगापुर र मटेहिया गाविसबाट आएका पीडितले झण्डै दुई घण्टा सम्म प्रर्दशन गरे । उनीहरुको प्रर्दशनका कारण प्रशासनको कामकाज केही समय प्रभावित भयो । लक्ष्मणपुर बाँध पीडित संघर्ष समितिको अगुवाईमा उनीहरुले तत्काल सुरक्षित बसोबासको व्यवस्थाका साथै खेतीयोग्य जमिन सुरक्षाका लागि तटवन्ध निर्माण, बाढीले क्षति पु¥याएका सडक पुनःनिर्माण गर्नुपर्ने लगायतका मागहरु पनि राखेका थिए । भारतीय बाँधले गर्दा आफ्नो क्षेत्रमा गरेको डुबान, कटान र पटान समस्या समाधानका लागि सरकारले चासो नदिएको उनीहरुले गुनासो गरेका छन् ।

Badhi Pidit ko Pradasan

सरकारले आफुहरुलाई नेपाली नागरिक ठान्छ भने तत्काल सुरक्षित बासको व्यवस्था मिलाउनुपर्ने लक्ष्मणपुर बाँध पीडित संघर्ष समितिका अध्यक्ष जगदिसबहादुर सिंहले बताए । ‘धेरै पटक हामीले आन्दोलन गरिसक्यौं, अहिले सम्म समस्या उस्तै छ,’ उनले भने । गंगापुरबाट आएका बाढी पीडित हेमकुमार यादवले बाढी प्रभावित क्षेत्रमा अहिले सम्म कुनैपनि दलका नेता नपुगेको बताए । राजनीतिक दलले चुनावमा मात्र आफुहरुलाई आश्वासन दिने गरेको उनको गुनासो छ । सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले बाढी प्रभावितका लागि स्थानीय स्तरबाट गर्नुपर्ने काममा कुनै बाँकी नराखेको बताए ।

बाढी पीडितलाई राहत आवश्यक परेको ड्राइफुड राप्तीपारी स्टक राखिएको जानकारी दिए । बाढी प्रभवित ठाउँमा क्षतिको विवरण संकलन गर्ने काम भइरहेको बताए । गाविस कार्यालयका सचिव, प्रहरी र रेडक्रसको टोलीले प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन गर्न सुरु गरिसकेको उनको भनाई छ । भारतले अन्र्तराष्ट्रिय नियम विपरित दसगदा क्षेत्रमा निर्माण गरेको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धले राप्ती नदीको प्राकृतिक निकास थुन्दा वर्षेनी होलिया, फत्तेपुर, गंगापुर, मटेहिया, बेतहनी लगायत गाविस डुबानमा पर्दै आएका छन् ।

Womui
Womui