एकीकृत राप्रपाको अध्यक्ष कमल थापा हुने तयारी

46

काठमाडौं, साउन १३—
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले मुलुकमा वैकल्पिक प्रजातान्त्रिक शक्तिको खाँचो रहेकाले राप्रपा नेपालसँग चाँडो एकता हुने बताएका छन् । रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले एकीकरणपछि नयाँ पार्टीमा निर्देशन समिति निर्माण गरिने, त्यसले सम्पूर्ण पार्टीलाई सञ्चालन गर्ने र त्यसको नेतृत्व आफूले गर्ने बताउँदै पार्टीको अध्यक्ष कमल थापालाई बनाउने सहमति भएको जानकारी दिए ।

Kamal Thapa

एकीकरणपछि नयाँ पार्टीमा निर्देशन समिति निर्माण गरिनेछ । अध्यक्ष राणाले काँग्रेस–माओवादी केन्द्रबीच बनेको नयाँ गठबन्धनमा सहभागी हुने तथा उक्त गठबन्धनको सरकारलाई आफ्नो पार्टीले समर्थन गर्ने वा नगर्ने निर्णय एकीकरणपछि गरिने संयुक्त बैठकले निर्धारण गर्ने प्रष्ट पारे । केपी शर्मा ओली नेतृत्वको सरकारले भूकम्पपीडित जनतालाई राहत प्रदान गर्न नसकेको, कालोबजारी नियन्त्रण गर्न नसकेको, मधेसको मुद्दालाई हल नगरेको, संविधान कार्यान्वयनमा गति लिन नसकेको बताउँदै पछिल्लो समय संसद्बाट आर्थिक विधेयक असफल भएकाले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए ।

Womui
Womui