सरकारमा सहभागी बारे मोर्चामा अन्यौल

100

काठमाडौं, साउन १३–
संघीय गठबन्धनले नयाँ सरकारमा सहभागी हुने नहुने निर्णय तत्काल नगर्ने निर्णय गरेको छ । संघीय गठबन्धनको बिहीबार बसेको बैठकले राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि दिएको समय कामयै रहेको भन्दै तत्काल सरकारमा सहभागी हुने नहुनेविषयमा कुनै निर्णय नगरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले बताए । सरकारको नेतृत्व गर्ने दल माओवादी केन्द्र र उसलाई सघाउने दल नेपाली कांग्रेसले कुनै ठोस प्रस्ताव नल्याएको भन्दै सरकारका विषयमा कुनै निर्णय नगरेको झाले जनाए ।

Upendra-yadav

नयाँ सरकार गठनमा गठबन्धन सकारात्मक भएको निष्कर्ष निकाल्दै बैठकले त्यसकालागि कांग्रेस माओवादीले ठोस प्रस्ताव ल्याउनुपर्ने निष्कर्ष निकालेको हो । ‘सरकारमा सहभागी हुने वा नहुने विषयमा कुनै निर्णय भएको छैन,’ झाले भने,‘त्यसका लागि गठबन्धनमा मागका सम्दर्भमा ठोस प्रस्ताव आउनुपर्यो । यसैगरी गठबन्धनको बैठकले स्थानीय तह पुर्नसंरचना आयोगको काम रोक्न माग गरेको छ ।

Womui
Womui