सप्तरीको दशगजा क्षेत्रमा नेपाली र भारतीयबीच झडप

43

सप्तरी, साउन १३–
सप्तरीको तिलाठीस्थित दशगजा क्षेत्रमा बाँध निर्माणको विषयलाई लिएर नेपाली र भारतीय पक्षबीच भएको झडपमा २ नेपाली घाइते भएका छन् । भारतीय पक्षले चलाएको ढुंगा र लाठी लागेर तिलाठी–४ का देवनारायण यादव र तिलाठी–६ का रोशन झा घाइते भएका हुन् । घाइते मध्ये यादवको अवस्था गम्भीर रहेको बताइएको छ । प्रकोप प्रभावित जिल्ला सञ्जालका अध्यक्षसमेत रहेका यादवले अवैध रुपमा भारतीय पक्षले निर्माण गरेको बाँधको लामो समयदेखि विरोध गर्दै आएका कारण भारतीय पक्षले उनलाई निशाना बनाएर कुटपिट गरेको बताइएको छ ।

एकतर्फी रुपमा भारतीय पक्षले बनाएको बाँधको विरोध गर्दै स्थानीय नेपाली युवाहरुले उक्त बाँधको करिब ८० प्रतिशत भाग भत्काइदिएपछि नेपाली र भारतीय पक्षबीच बिहीबार अपरान्ह झडप भएको थियो । अहिले पनि उक्त स्थानमा झडप जारी नै छ । करिब १ हजार जनाको संख्यामा रहेका भारतीयहरुले भारतीय प्रहरी प्रमुख तथा प्रशासनकै आडमा पुनः बाँध निर्माण गरिरहेका छन् ।

उनीहरूले बिहान निर्माण गरेकोभन्दा पनि उत्तर(नेपाल)तर्फ बढाएर पुनः तीव्र गतिमा बाँध निर्माण गरिरहेका छन् । तर, उक्त क्षेत्रमा करिब ५ सयको संख्यामा रहेका स्थानीय नेपाली युवालाई भने नेपाली सुरक्षाकर्मीले सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै बाँध निर्माण कार्यको प्रतिकारमा उत्रन दिएको छैन । अपरान्ह बाँध निर्माण गरिएको स्थानमा पुगेका प्रमुख जिल्ला अधिकार र सुरक्षा प्रमुखहरु पनि त्यस ठाउँबाट फर्किसकेका छन् ।

Womui
Womui