धनकुटा बस दुघर्टनामा मृतकको संख्या १३ पुग्यो, २८ जना घाइते

104

धनकुटा, साउन १३–
कोसी राजमार्गअन्र्तगत धनकुटाको सिधुवाबजार नजिकै भएको यात्रुबाहक बस दुघर्टनामा १३ जनाको ज्यान गएको छ भने २८ जना यात्रु घाइते भएका छन् । सात जनाको घट्नास्थलमै र ६ जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ। बसमा ४१ यात्रु सवार थिए । संखुवासभाको मुडेशनिश्चरेबाट धरान जाँदै गरेको बा.२ ख ७३६६ नम्बरको डाँफेमुनाल बस दुघर्टनामा परेको हो ।

bus-accedent-1

हुस्सु लागेको र पानी परिरहेको बेला ब्रेक फेल भई घुम्तिमा मोडिन नसक्दा बस सडबाट करीब ८० मिटर तल खसेको थियो । बसको सिट र पार्टसहरु टुक्राटुक्रा भएका छन् । दुघर्टना परी मृत्यु हुनेमा हात्तिखर्क गाविस वडा नं. ६ निवासी पुर्व अर्थराज्य मन्त्री हरिराज खेवा रहेका छन् । मारेककटहरेमा आफन्त भेटघाट गरेर फर्कदै गरेका खेवा चित्रेबजारबाट बसमा चढेका थिए । यसैगरी घट्नास्थलमै मृत्यु हुनेहरुमा परेवादिन गाविस वडा नं. ७ की तारादेवी बस्नेत र उनकी ३ बर्षिय छोरी रेश्मा, सोही ठाउँकी अतिमाया तामाङ र खिनमाया भट्टराई तथा धरान उपमहानगरपालिका वडा नं. २ का ब्यापारी बेदप्रकास अग्रवाल रहेका छन् ।

त्यस्तै उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्यएएका फुलेक– ६ तेह्रथुमकी होमा पौडेल, धनकुटा लेगुवाका तेजबहादुर थापा, मारेककटहरेका वीरबहादुर काफ्ले, संखुवासभा मादी नगरपालिकाका टंक कटुवाल र धनकुटा बुढीमोरङ– ८ का सनम तामाङको पनि मृत्यु भएको छ । विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिस्ठानमा रहेका ट्राफिक जवान धनबहादुर बस्नेतका अनुसार मृत्तक २ जनाको अझै सनाखत हुन सकेको छैन । घाइतेहरु मध्ये २७ जनाको विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिस्ठान धरानमा र एक जनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको ट्राफिक प्रहरी पोष्ट धनकुटा प्रमुख सुरेन्द्र खड्काले बताए ।

उक्त घटनापछि धनकुटा जिल्लाका सुरक्षा प्रमुख, स्थानीय विकास अधिकारी गणेसप्रसाद दाहाललगायतले घटनास्थलमा निरिक्षण गरेका छन् । दुघर्टनामा परेको मृत्तक र घाइतेलाई नेपाली सेनाको श्री मेहर गण धनकुटा, जिल्ला प्रहरी कार्यालय, सिधुवा प्रहरी चौकी, इलाका प्रहरी कार्यालय बसन्तपुरका जवानहरुले र स्थानीयबासीले उद्दार गरेका थिए । धनकुटा अस्पतालमा उपचार गराइरहेकी धनकुटा नगरपालिका वडा नं. १० की कमला पोखरेल संखुवासभा र तेह्रथुमको संगमस्थल टुटे देउरालीबाट बसमा चढेकी थिइन् । माइती घरबाट फर्कदै गरेकी कमलाले सिधुवाबजार नजिकै आएपछि गाडीमा कोलाहल मच्चिएको र एकै पटक डिल नघेर बाजारिएको बताईन । हातखुट्टा र अनुहारमा चोट लागेका पोखरेलले नयाँ जीवन पाएको बताइन् । गाडीको ब्रेकफेल भएपछि नालीमा हाल भनेर कराएको सुनेकी पोखरेलले बसले डिलकटेपछि केही थाहा नपाएको बताइन् ।

www.nagariknews.com

Womui
Womui