विपत्तिमा सेना र प्रहरी

42

नेपालगन्ज, साउन १३-
जब–जब देशमा विपत्ति आइपर्छ, तब–तब सेना र प्रहरीले आफ्नो बहादुरी देखाउँछ । अघिपछि गाली गर्नेहरु पनि विपतमा सेना र प्रहरीले अहोरात्र खटेर कार्य गरेको देख्दा आम नागरिकले सम्झने गर्छन् उनीहरुलाई । अनि भन्ने गर्छन– ‘वास्तवमा देशमा समस्या पर्दा सेना र प्रहरी जीवनदाता हुँदा रहेछन् ।’ यस्तै बाँकेमा मंगलबारदेखि राप्ती नदीमा आएको बाढीमा सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सयौं नागरिकको ज्यान जोगाए । कोही पौडिदै फसेका सर्वसाधारणलाई उद्धार गरे भने, कसैले डुंगा र हेलिकप्टरको माध्यमद्धारा बाढीमा फसेर मृत्युसँग लडिरहेकालाई जिवितै उद्धार गरे ।

 होलिया–३ र ४ चौफेरीका स्थानीय बासिन्दालाई बुधबार हेलिकप्टरबाट उद्धार गर्दै सुरक्षाकर्मी । तस्बिर सौजन्य : खगेन्द्र दाहाल

होलिया–३ र ४ चौफेरीका स्थानीय बासिन्दालाई बुधबार हेलिकप्टरबाट उद्धार गर्दै सुरक्षाकर्मी ।
तस्बिर सौजन्य : खगेन्द्र दाहाल

राप्तीको बाढी फसेका होलिया, बेतहनी, कचनापुर र गंगापुरका कुल ८ सय ९८ जनालाई मंगलबार र बुधबार नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरीले उद्धार गरेका हुन् । बुधबार मात्रै थप २ सय २५ जनाको बुधबार उद्धार गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले जानकारी दिए । होलिया–३ र ४ चौफेरी गाउँका १ सय ४ जनालाई बुधबार हेलिकप्टरबाट र गंगापुर–१ कुडवा गाउँका १ सय २१ जनालाई डुंगाको सहायताले उद्धार गरिएको उनले बताए । चौफेरी गाउँका बाढी पीडितलाई होलिया–७ पिप्रहवा गाउँमा छाडिएको छ, भने गंगापुरका पीडितलाई सोही गाविसको वडा नम्वर ९ स्थित रेडक्रसको अस्थायी आवासमा राखिएको छ । यसअघि मंगलबार पनि होलिया, बेतहनी र कचनापुरका ६ सय ७३ जनाको हेलिकप्टर, डुंगा लगायत साधनबाट उद्धार गरिएको थियो ।

प्रजिअ पन्थका अनुसार पहलमा ४ सय ९८ जनाको हेलिकप्टर मार्फत र १ सय ७५ जनालाई डुंगा र पौडी खेलेर सुरक्षाकर्मीले उद्धार गरेका थिए । उद्धारमा रेडक्रसका स्वयंसेवकले पनि सुरक्षाकर्मीलाई सघाएका छन् । प्रजिअ पन्थले उद्धार कार्यमा हेलिकप्टर र डुंगा प्रयोग गरिएको जानकारी दिदै भने, ‘नदीमा पानीको सतह बढेको पुर्व जानकारी पाउनु र नेपाली सेनाले यसपटक सुर्खेतमा हेलिकप्टर स्ट्यान्डबाई हुनुले उद्धार कार्य गर्न सहज भयो ।’

Womui
Womui