जन्मदिनमा बृद्धबृद्धालाई फलफुल

129

नेपालगन्ज, साउन ११–
पत्रकार अर्जुन ओलीले आफ्नो जन्मदिन बृद्धबृद्धासँग मनाएका छन् । नागरिक दैनिकका नेपालगन्ज संवाददाता ओलीले आफ्नो ३० औं जन्मदिनका अवसरमा नेपालगन्ज–१३ स्थित भेरी बृद्धाश्रममा बस्ने बृद्धबृद्धालाई फलफुल वितरण गरेका हुन् । फलफुल वितरण गर्दा बृद्धबृद्धाले पत्रकार ओलीको सु–स्वास्थ्य एवम् दिर्घायुको कामना गरेका थिए ।

DSC07905

त्यस अवसरमा भेरी बृद्धाश्रमका अध्यक्ष युवराज शर्मा, पत्रकार विजय मल्ल लगायतको उपस्थिती रहेको थियो । जन्मदिनमा अन्य फजुल खर्च गर्नुभन्दा बृद्धबृद्धालाई फलफुल वितरण गर्न आफुले उपयुक्त ठानेको पत्रकार ओलीले बताएका छन् । ‘जेष्ठ नागरिक सम्मानित व्यक्ति हुन, घर परिवारबाट उनीहरु अपहेलित भएपनि हामीले सम्मान गर्ने परम्परा बसाल्नुपर्छ,’ उनले भने ।

Womui
Womui