राप्ती बाढीमा फसेकाको यसरी गरियो उद्धार– ( फोटो सहित)

239

नेपालगन्ज, साउन ११–
राप्तीको बाढीमा फसेका बाँके होलिया, बेतहनी र कचनापुरका ६ सय ७३ जनाको उद्धार गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति बाँकेको पहलमा ४ सय ९८ जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत र १ सय ७५ जनालाई डुंगा लगायत साधनको प्रयोगबाट उद्धार गरिएको हो । त्यसमध्ये सबैभन्दा बढी होलियाका स्थानीय बासिन्दालाई उद्धार गरिएको छ । उद्धार गरिएका होलिया चौफेरीका बाढी पीडितलाई वडा नम्वर ६ खडैचा गाउँमा ल्याएर राखिएको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले बताए । राप्तीमा पानीको सतह बढेपछि मंगलबार बाँकेका दर्जनौं बढी गाउँहरु डुबानमा परे । बाढीले राप्ती आसपासका होलिया, फत्तेपुर, गंगापुर, मटेहिया, बेतहनी, खासकुश्मा, कचनापुर, बैजापुर, बिनौना लगायत गाविसका विभिन्न वडा तथा गाउँहरु डुबानमा परेका हुन् ।

IMG_7667 मंगलबार बेलुका ६ बजे सम्म सम्म फत्तेपुरको वडा नम्वर ६ देउपुर्वा, वडा नम्वर ४ र ५ को पिप्रहवा, वडा नम्वर ७ को पहाडीपुर र शान्तिपुर, सर्रा, खल्ला झगडिया, खल्ला टेपरी लगायत गाउँ डुबानमा परिसकेका थिए । होलियाको वडा नम्वर १, २, ३, ४ र ५ लाई पनि बाढीले डुबान गरेको छ । अबेर राती सम्म पानीको सतह बढेको छ । कुसुमस्थित बाढी मापन केन्द्रका अनुसार बेलुका ८ बजे सम्म पानीको सतह ७ मिटर ८० सेन्टिमिटर भन्दा माथि पुगेको थियो । बाढी मापक भद्रबहादुर थापाले बिहानदेखि बेलुका सम्म नाप्दा प्रत्येक घण्टामा नदीको सतह बढेको पाइएको बताए । त्यहाँ ४ मिटर ७० सेन्टिमिटर पुग्ने बित्तिकै बाँकेस्थित राप्ती आसपासका गाउँमा बाढी पस्न सुरु हुन्छ । कुसुमबाट फत्तेपुर, होलिया लगायत क्षेत्र सम्म बाढी आइपुग्न करिव ५ घण्टा समय लाग्ने भएकाले पुर्व सुचनाको अभ्यासले मानविय क्षति हुन नदिन उद्धार कार्य गर्न सम्भव भएको हो । बाढीले सबैभन्दा बढी फत्तेपुर र होलिया गाविसका गाउँ तथा वडामा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

IMG_7706

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक टेकप्रसाद राईले फत्तेपुरको देउपुर्वा, पहाडीपुर, सर्रा, खल्ला झगडिया र पिप्रहवा लगायत गाउँ र होलियाको वडा नम्वर १, २, ३, ४ र ५ मा बाढी पसिसकेको जानकारीमा प्राप्त भएको बताए । यस्तै गंगापुर र मटेहिया गाविसका केही गाउँहरु पनि डुबान र कटानमा परेका छन् । अन्र्तराष्ट्रिय नियम विपरित निर्मित लक्ष्मणपुर बाँधको ढोका मंगलबार भारतीय पक्षले खोलेको स्थानीय प्रशासनले जनाएको छ । पहाडी जिल्ला प्यूठान, रोल्पा जिल्लामा भारी वर्षा भएकाले राप्ती नदीको सतह एक्कासी बढेको हो । बाढी बढेको सुचना पाउने वित्तिकै मंगलबार बिहान स्थानीय प्रशासनले प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो । त्यसका साथै खतराको संकेत साईरन पनि पटक–पटक बजाइएको थियो । तर, कतिपय बाढी पीडितहरु तीन/चार महिनाका लागि घर छाड्न नसक्ने भन्दै सुरक्षित स्थानमा जान अटेरी गरेपछि उद्धार कार्यमा कठिनाई भएको उद्धारकर्मीले गुनासो गरेका छन् ।

होलियास्थित चौफेरी गाउँका बाढी पीडितलाई उद्धार गर्दै हेलिकप्टर । तस्बिरहरु सौजन्य : रुद्र सुवेदी
होलियास्थित चौफेरी गाउँका बाढी पीडितलाई उद्धार गर्दै हेलिकप्टर ।
तस्बिरहरु सौजन्य : रुद्र सुवेदी
Womui
Womui