बाँके नेविसंघ भित्र विवाद

58

नेपालगन्ज, साउन ९–
नेपाल विद्यार्थी संघ बाँकेको प्रतिनिधि छनोटमा अनियमितता भएको भन्दै असन्तुष्ट समूहले विवाद सुल्झाउन काँग्रेस जिल्ला सभापतिलाई चार दिनको अल्टिमेटम दिएको छ । नेविसंघका जिल्ला सदस्य बिवेक मल्लको नेतृत्वमा नेविसंघका कार्यकर्ता विवाद मिलाउन माग गर्दै आइतबार पार्टी कार्यालय घेराउन गर्न पुगे । जिल्ला सभापति किरण कोइराला लगायत जिल्ला कार्यसमितिका पदाधिकारीहरूले चाँडै नै विवाद मिलाउने आश्वासन दिएको मल्लले बताए ।

पार्टी सभापति कोइरालाले यो विषयलाई कुनै पनि हालतमा मिलाउने प्रतिवद्धता जनाईन् । छुटेका र छुटाइएकाको नाम माग्दै दुबै पक्षलाई सँगै राखेर समाधान निकाल्ने प्रतिवद्धता जनाईन् । नेविसंघ जिल्ला अध्यक्ष पूर्ण आचार्यले मनोमानी तरिकाले प्रतिनिधि छनोट गरेको भन्दै मल्लको समूहले विरोध गर्दै आएको छ । नेविसंघ बाँकेमा निर्वाचित ९ प्रतिनिधि छन, भने २७ जनालाई मनोनित गरिएको छ ।

Womui
Womui