प्रर्दशनीमा ‘न्यूज फोटो’ पनि समावेश हुने

107

नेपालगन्ज, साउन ९–
अन्तराष्ट्रिय बाघ दिवशको अवसरमा यही श्रावण १४ र १५ गते नेपालगंजमा हुन गइरहेको फोटो प्रदर्शनीमा न्यूज फोटोहरु पनि समावेश हुने भएका छन् । अन्तरालको व्यवस्थानमा हुने नेपाल वाइल्ड लाइफ एण्ड नेचर फोटो प्रदर्शनी मा देशभरवाट फोटोहरु आइरहेका छन् । विशेषगरी वन्यजन्तु संरक्षण अभियानमा टेवा पु¥याउने र पर्यावरण जोगाउने सन्देश दिने उद्देश्यले उक्त फोटो प्रदर्शनी आयोजना गर्न लागिएको हो । साथै यस क्षेत्रको पर्यटन विकासमा समेत यस प्रदर्शनीले मद्दत पुग्ने अपेक्षा गरिएको छ । बाँके राष्ट्रिय निकुञ्जको प्रमुख जनावर बाघ हो भने दुर्लभ जनावर ‘चौका’ पनि यहाँ भेटिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा पनि बाघको संख्या उल्लेख्य छ ।

Print

यसैगरी वर्दियामा विश्वकै दुर्लभ वन्यजन्तु कृष्णसार उल्लेख्य संख्यामा छ । मूलुकको कुनैपनि स्थानमा खिचिएका तस्वीरहरु प्रदर्शनीमा समावेश हुनेछन् । फोटो पत्रकार, संरक्षण अभियानका स्वचालित क्यामेरा र सर्वसाधारणले खिचेका तस्वीरहरु प्रदर्शनीमा रहनेछन् । न्यूजफोटो पनि समावेश गर्ने आयोजकको पछिल्लो निर्णय हो । ‘मूलुक वाढी र डुवानले ग्रस्त भइरहेका वेला यसवाट हामी निरपेक्ष वस्न सकेनौं,’ अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने ‘नेपालगंज नगर र बाँके जिल्लानै डुवानवाट पीडित छ, डुवानको अवस्था, विकास निर्माणको लापरवाही लगायत फोटो पठाउन सवैलाई आहवान पनि गर्दछौ’ ।

Womui
Womui