नौ महिनामै ओली सरकार विघटन

32

काठमाडौं, साउन ९–
केपी ओली नेतृत्वको सरकार ९ महिनामै विघटन भएको छ । ओलीले आइतबार प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सरकार विघटन भएको हो । उनले संसदलाई सम्बोधन गर्दै राजनीनामा दिएको घोषणा गरे । संसदमा सम्वोधन गर्न जानु अघि नै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा बुझाएको उनले संसदमा बताए । नेकपा माओवादी केन्द्रले उनका विरुद्धमा अविश्वासको प्रस्ताव पेश गरेपछि राजनीनामा दिएका हुन् । ओली असोज २४ गते प्रधानमन्त्री बनेका थिए । उनले संसदमा बोल्दै सरकार गठन बिघटन लोकतान्त्रिक शासन प्रणालीको सामान्य विशेषता भएको बताए ।

KP OLi Pic

उच्चस्तरिय राजनीतिक संयन्त्रबाट समस्याको समाधान नखोजिएको ओलीले बताए । सरकार परिवर्तनको निर्णय लिँदा समितिका संयोजकले सुझाव पनि नदिएको र सल्लाह पनि नगरेको बताए । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नो दुनो सोझिएपछि बुर्लुक्क उफ्रिएको आरोप लगाए । ओलीले १४ बुँदे सहमति अनुसार सरकार अघि बढेको भन्दै त्यसमा आफु समीक्षा गर्न तयार भएको बताए । राज नीति सम्भावनाको खेल भए पनि निश्चित नियम र मर्यादा हुने बताए । नियम र मर्यादा उल्लङघन भए पछि राजनीति फोहोरी खेलमा परिणत हुने बताए । संसद र संसदीय राजनीति आफैमा फोहोरी खेल नभएको उनले बताए ।

कतै म्याच फिक्सिङ कतै डोपिङ भएपछि फोहोरमा परिणत हुने बताए । जनताको सर्वोच्चतामा विश्वास गर्ने, अध्यारो कोठामा नभइ संसदमा विश्वास गर्ने आफ्ना लागि अविश्वासको प्रस्ताव सामान्य रहेको बताए । त्यो प्रक्रियाका हिसाबले सामान्य भएपनि उद्देश्यका हिसाले उचित नभएको बताए । संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काठमाडौं तराई फाष्ट ट्रयाक लगायत राष्ट्रिय गौरवका आयोजनाको भविष्य के हुन्छ भनी प्रश्न गरेका हुन् । उनले भने, ‘म सोध्न चाहन्छु, स्वदेशी लगानीमा फाष्ट ट्रयाक बनाउने काम के हुन्छ, सामाजिक सुरक्षाको काम के हुन्छ ? शैक्षिक प्रमाणपत्र राखेर युवालाई धितो दिने कुरा के हुन्छ ?’

Womui
Womui