‘समिकरण बदलिँदैमा आफैंले ल्याएको बजेटको विरोध किन ?’

118

काठमाडौं, साउन ७-

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदको कुर्सी खाली नदेख्दा आफूलाई निकै खुसी लागेको बताए। शुक्रबारको संसद बैठकमा बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। संविधान घोषणा लगत्तै केही आलोचना र असहमतिका स्वरहरु सुनिन थाले पनि त्यसलाई सहमतिमा बदल्न गरिएकाे प्रयासले अहिले सबै दल एउटा सहमतिको विन्दुमा आइपुगेको संसदमा सबै दलका सांसदहरुको पूर्ण उपस्थितिले प्रस्ट पारेको उनले बताए।

bishnu paudel

संविधान कार्यान्वयमा असहमति जनाउँदै आएका दलहरुले समेत नयाँ संविधानअनुसार नै संसदमा पूर्ण उपस्थिति जनाएर नयाँ संविधानको कार्यान्वयनप्रति प्रतिबद्ध भएको प्रष्ट्याएको उनको तर्क थियो। संसदमा उठेको संसद बैठकको कार्यसूचिका विषयमा बोल्ने क्रममा उनले सभामुख ओनसरी घर्तीले आर्थिक विधेयकभन्दा पहिला अविश्वासको प्रस्ताव कार्यसूचीमा राखेर रुलिङ गरेको भन्दै असुन्तुष्टि व्यक्त गरे। यसै क्रममा ‘संसद बैठकको कार्यसूचिमा नगई आफ्ना भनाई राख्न’ सभामुखले रुलिङ गरेकी थिइन्। तर, अर्थमन्त्री पौडेले सभामुखकै आदेश अनुसार आफूले संसदलाई कार्यसूचीका विषयमा उठेको प्रश्नको जवाफ दिएको प्रष्ट्याएका थिए।

Womui
Womui