पत्रकार चौधरीलाई एमाले नेताको धम्की

17

कोहलपुर, साउन २–
समाचार लेखेको विषयलाई लिएर पत्रकार हेमन्त चौधरीलाई ज्यान धम्की दिइएको छ । कोहलपुरबाट प्रकाशित हुने न्यूज नमस्ते दैनिकमा कार्यरत पत्रकार महासंघ बाँकेका सदस्य एवम् मिडिया नेपाल बाँकेका अध्यक्ष चौधरीलाई नेकपा एमाले कोहलपुर नगर कमिटिका अध्यक्ष खिलप्रसाद भुसालले चौधरीलाई धम्की दिएका हुन् । पत्रिकाका प्रकाशक श्रीधर सुवेदीले दिएको जानकारी अनुसार केहीदिन अघि पत्रकार चौधरीले डिएसपीको नाम भजाएर २ लाख ५० हजार रुपैयाँ एमाले निकट युवा संघमा आवद्ध ज्ञानबहादुर थापाले खाएको ब्यहोरा सम्वन्धी समाचार प्रकाशित गरेका थिए । सोही समाचारलाई निरन्तर रुपमा फ्लोअप गर्दै आएका चौधरीलाई एमाले नेता भुसालले सार्वजनिक स्थानमा गाली गलौच गर्दै ठिक पार्ने चेतावनी दिएको पीडितको आरोप छ ।

पत्रकार हेमन्त चौधरी ।
पत्रकार हेमन्त चौधरी ।

उक्त घटनाको नेपाल पत्रकार महासंघ बाँके, नेपाल प्रेस युनियन बाँके, प्रेस सेन्टर नेपाल, मिडिया नेपाल केन्द्रिय समितिले छुट्टा छु्ट्टै विज्ञप्ती निकालेर ध्यानाकर्षण भएको जनाएका छन् । महासंघका सचिव तिलक गाउँले, युनियनका सचिव अर्जुन ओली, प्रेस सेन्टर नेपाल बाँकेका सचिव केशव राना र मिडिया नेपालका केन्द्रिय सचिव टेकराज शाहीले घटनाको भत्सर्ना गर्दै पत्रकारलाई भयरहित वातारणमा समाचार संकलन गर्न दिन र दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

Womui
Womui