पश्चिमको पर्यटकिय क्षेत्रलाई साझा गन्तव्यमा विकास गरिने

167

नेपालगन्ज, साउन १–
मध्य र सुदुरपश्चिमको पर्यटकिय क्षेत्रलाई साझा गन्तव्यका रुपमा विकास गर्न एक विज्ञ टोलीले अध्ययन गरेको छ । विश्व बैंकको अन्र्तराष्ट्रिय फाइनान्स कर्पोेरेसन(आईएफसी)को सहयोगमा पर्यटन मन्त्रालय र नेपाल लगानी बोर्डले विज्ञ टोली परिचालन गरी अध्ययन गरेको हो । ‘टुरिजम रिसोर्स कन्सल्टेन्सी’ नामक परामर्श दाता कम्पनीले मध्य र सुदुरपश्चिमका जिल्लामा देखा परेका पर्यटकिय सम्भाव्यता हालै अध्ययन गरेको थियो । टुरिजम रिसोर्स कन्सल्टेन्सीका टिम लिडर एवम् न्युजल्याण्डका प्राध्यापक लेस क्लार्कले नेपालगन्जका सरोकारवालामाझ प्रस्तुतीकरण गर्दै प्रशिद्ध धार्मिक पर्यटकिय स्थल कैलास मानसरोवरको गन्तव्य लगायत ट्रयाकिङ, वाइल्ड लाइफ, डोमेस्टिक पर्यटन पुर्वाधार मध्य र सुदुरपश्चिम क्षेत्रमा प्रचुर मात्रामा रहेको बताए ।

पर्यटन प्रवद्र्धनको गतिविधी सुरु गरेको बाँके राष्ट्रिय निकुन्ज ।
पर्यटन प्रवद्र्धनको गतिविधी सुरु गरेको बाँके राष्ट्रिय निकुन्ज ।

यहाँ पर्यटकिय स्थल प्रसस्त मात्रामा भएपनि उचित प्रचार–प्रसार हुन नसकेको औल्याए । ‘पर्यटकका लागि पर्याप्त मात्रामा होटल र यातायात सुविधा पु¥याएर प्रचार–प्रसार गर्न सकियो भने यहाँको पर्यटन क्षेत्र निकै फस्टाउने देखिन्छ,’ उनले भने । करिव अढाई दशक समय सम्म मध्य र सुदुरपश्चिम क्षेत्रको पर्यटकिय क्षेत्र अध्ययनमा सक्रिय रहेका कन्सल्टेन्ट रबिजंग पाण्डेका अनुसार परामर्शदाता कम्पनीले आफ्नो अध्ययन प्रतिवेदन तयार गरी नेपाल सरकार, पर्यटन मन्त्रालयलाई बुझाउनेछ । ‘त्यसपछि सरकारले आवश्यक कार्ययोजना तयार गरी मध्य र सुदुरपश्चिमका पर्यटकिय क्षेत्रलाई साझा गन्तव्यका रुपमा विकास गर्न बजेट विनियोजन गरी कार्यान्वयनमा लैजानेछ,’ उनले भने ।

पश्चिम नेपालको एकिकृत पर्यटन विकास योजनाका लागि गन्तव्य विकास विचार विषयक नेपालगन्ज उद्योग वाणिज्य संघले गरेको अन्र्तक्रियामा बोल्ने जिल्लाका सरोकारवालाले कसैको एक्लो प्रयासले मात्रै पर्यटन प्रर्वद्धन हुन नसक्ने सुझाव दिए । यसका लागि निजी क्षेत्रले पनि पर्यटन क्षेत्रमा लगानी बढाउनुपर्ने उनीहरुको भनाई छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले पर्यटनको विकास एकै पटक गर्न सम्भव नहुने बताउँदै भने, ‘यो त विस्तारै विकास हुदै जाने हो, जहाँ पर्यटनको सम्भावना छन, त्यहाँ पर्यटक आउँछन, तर पुर्वाधार मात्रै ठुलो कुरा होईन् ।’ मध्य र सुदुरपश्चिमको ट्रान्जिट प्वाइन्टका रुपमा रहेको नेपालगन्जमै पर्यटकलाई आर्कषण गर्ने खालका पुर्वाधार बनाउनतर्फ ध्यान दिन आवश्यक रहेको प्रजिअ पन्थले बताए । व्यवसायीले पर्यटकलाई गर्ने व्यवहारले पनि विशेष अर्थ राख्ने उनको भनाई छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले मध्य र सुदुरपश्चिमको पर्यटन विकासमा सबैले आफ्नो तर्फबाट भूमिका निभाउनुपर्ने बताए । प्रहरी प्रमुख, प्रहरी उपरिक्षक टेकप्रसाद राईले पर्यटन प्रर्वद्धनका लागि सुरक्षा अति आवश्यक विषय रहेकोमा जोड दिए । ‘पर्यटकहरु ढुक्कसँग बस्ने वातावरण बनाउन शान्ति सुरक्षा महत्वपुर्ण पाटो हो,’ राईले भने ।

Womui
Womui