डा. केसीको पक्षमा स्वतस्फुर्त युवा सडकमा

180

काठमाडौं, साउन १-

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्नेलगायतमा माग राखी आमरण अनशनमा बसेका शिक्षण अस्पतालमा डा. गोविन्द केसीको समर्थनमा शनिबार स्वतस्फुर्त रुपमा र्याली निस्किएको छ। विभिन्न संघसंस्था र नागरिकहरु माइतीघर मण्डलामा भेला भएर डा. केसीको पक्षमा नाराबाजी गरेका छन्। उनीहरुले ‘नेताजति गाडीमा, युवाजति खाडीमा, माफियाको मिशन, सिटामोलमा कमिशन, डा. केसी पागल  हो भने हामी पनि  पागल, भन्ने नारा देखिएको प्लेकार्ड बोकेका थिए।

Womui
Womui