दुई लाख ५० हजार घुस सहित इन्जिनियर पक्राउ

139

नेपालगन्ज, असार ३१-
दुई लाख पचास हजार घुस सहित इन्जिनियर पक्राउ परेका छन् । बाँकेको खजुरास्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रको कोसेवाली अनुसन्धान केन्द्रमा कार्यरत प्राविधिक अधिकृत(इन्जिनियर) बीरेन्द्रकुमार यादव पक्राउ परेका हुन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पर्क कार्यालय कोहलपुरको टोलीले शुक्रबार दिउँसो नियन्त्रणमा लिएको हो । अख्तियार स्रोतका अनुसार कार्यालयमा सिचाईका लागि दुई वटा डीप बोरिङको काम सम्पन्न गरेको ठेकेदारले भुक्तानी माग्दा आलटाल गरेर प्राविधिक यादवले सुरुमा ३ लाख रुपैयाँ घुस मागेका थिए । दुबैको सहमतीमा २ लाख ५० हजार रुपैयाँ घुस दिने सहमती भएको थियो ।

आफुलाई प्राविधिकले घुस मागेको उजुरी ठेकेदारले गरेपछि सोही आधारमा अख्तियार टोलीले यादवलाई निग्रानीमा राखेको थियो । नेपाल कृषि अनुसन्धान परिषदमा दरवन्दी भएर कोसेबाली अनुसन्धान केन्द्रमा कार्यरत रहेका यादवलाई दिउँसो ठेकेदारले घुस दिइरहेको अवस्थामा रंगेहात पक्राउ गरी अनुसन्धान सुरु गरिएको आयोग सम्पर्क कार्यालय कोहलपुरका प्रमुख दीपक थापाले जानकारी दिए । अख्तियार टोली पुगेको सुईको पाएपछि नगद रुपैयाँ फ्याँकेर भागेका यादवलाई खेतबाट नियन्त्रणमा लिइएको उनको भनाई छ ।

Womui
Womui