किसानको घरदैलोमै घाँसको बेर्ना वितरण

130

नेपालगन्ज, असार ३०–
पशु सेवा कार्यालय बाँकेले बिहीबार किसानलाई घरमै गएर हरियो घाँस बेर्ना वितरण गरेको छ । पशु सेवा कार्यालय बाँकेका प्रमुख बेदबहादुर केसीको नेतृत्वमा गएको टोलीले किसानको घर–घरमा पुगेर उन्नत हाइब्रीट जातका हरियो घाँसका बिरुवा वितरण गरेको हो । कार्यालयको तेस्रो चौमासिक कार्यक्रम अन्र्तगत भुई घाँस हाइब्रीट नेपिएर, मुलाटो, सेटारिया डाले घाँसमा किम्बु, भटमासे, मेण्डुला लगायतका बेर्ना वितरण गरिएको बताइएको छ । किसानले माग गरे बमोजिम एक हजारदेखि दुई हजार बोट घाँसका बेर्ना निःशुल्क रुपमा वितरण गरिएको कार्यालय प्रमुख डा. बेदबहादुर केसीले जानकारी दिए ।

दुध र मासुमा उत्पादन बढाउन र घाँसमा आधारित पशुपालन गर्न मद्दत पु¥याउन जिल्लामा रहेका गाई, भैँसी र बाख्रा फार्महरुलाई घाँसको बेर्ना वितरण गरिएको केसीले बताए । साउनको पहिलो सातासम्म १२ वटै सेवा केन्द्र अन्तरर्गत रहेका किसानलाई बेर्ना वितरण गरिसक्ने कार्यालयको लक्ष्य छ । घाँस लगाउने किसानको संख्यामा वृद्घि भएपनि पशुलार्ई घाँस खुवाउनुपर्छ भन्ने चेतनाको कमीका कारण समस्या यथावत रहेको पशु विकास अधिकृत ललितजंग कुँवरले बताए । कार्यालयको कोहलपुर सेवा केन्द्रले यसअघि बुधबार सुकेको घाँसको बेर्ना वितरण गरेको भन्दै कोहलपुर क्षेत्रका किसान आक्रोशित भएका थिए ।

कोहलपुरका किसानलाई घरदैलोमै बिहीबार घाँसको बेर्ना वितरण गर्दैै पशु सेवा कार्यालय बाँकेका प्रमुख डा. बेदबहादुर केसी ।

Womui
Womui