ओली सरकार ढाल्न कांग्रेस र माओवादीबीच गोप्य सम्झौता

33

काठमाडौं, असार २८–
नेपाली कांग्रेस र माओवादीबीच भएको त्यो गोप्य सम्झौतापत्र भएको तथ्य बाहिर आएको छ । सम्झौताको पहिलो बुँदामा मधेसको असन्तुष्टि सम्बोधन गर्न संविधान संशोधन गर्ने विषय उल्लेख छ । कांग्रेस नेतृत्वसँग निरन्तरको छलफलपछि कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष दाहालबीच सरकार फेर्ने लिखित सहमति भएको हो । स्रोतका अनुसार सहमति ड्राफ्ट गर्ने बेला मधेसी मोर्चाका एक घटक समेत उपस्थित थिए । दहालले देउवालाई अघि सारेर पहिलो पटक सत्ता फेर्ने बेला ब्यक हुँदा दुवैबीच अविश्वास बढेको थियो ।

यी दुई नेताबीच विश्वासको वातावराण वनाउन समेत ती मधेसी नेताले प्रमुख भूमिका निर्वाह गरेको स्रोतले बतायो । यसले नयाँ बन्ने सरकारमा मधेसी दलहरु पनि समावेश हुन सक्ने सम्भावना बलियो देखिएको छ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र माओवादीबीच ओली सरकार ढालेर नयाँ सरकार गठन गर्न ७ बुँदे लिखित सहमति भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेको सहमतिपत्रको १ नम्बर बुँदामा मधेसको असन्तुष्टि सम्बोधन गर्न संविधान संशोधन गर्ने उल्लेख छ ।

Womui
Womui