तुल्सीराम साहित्य पुरस्कार उप्रेतीलाई

46

नेपालगन्ज, असार २८–
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले यस वर्षको तुल्सीराम साहित्य पुरस्कारबाट कवि तथा साहित्यकार नेपाल राष्ट्र बैँक मध्यपश्चिम क्षेत्रिय प्रमुख भीष्म उप्रेतीलाई प्रदान गरेको छ । २ सय ३ औं भानु जयन्तीको अवसरमा मंगलबार आयोजित एक कार्यक्रमका बीच उप्रेतीलाई सम्मान गरिएको हो ।

कवि तथा साहित्यकार भीष्म उप्रेतीलाई सम्मान गरिदै ।
कवि तथा साहित्यकार भीष्म उप्रेतीलाई सम्मान गरिदै ।

बागेश्वरी साहित्य परिषद बागेश्वरी बहुमुखी क्याम्पसको सहकार्यमा आयोजित उक्त कार्यक्रममा सम्मानका साथै कथा लेखन प्रशिक्षण पनि गरियो । भव्य समारोहबीच सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्य सचिव सनत रेग्मीले सम्मान पत्र तथा दोसल्ला अढाएर साहित्यकार उप्रेतीलाई सम्मान गरेका हुन् । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रम सञ्चालन साहित्यकार पुष्कर रिजालले गरेका थिए ।

Womui
Womui