बस दुर्घटना हुदाँ भारतमा तीन नेपालीको मृत्यु

64

नेपालगन्ज, असार २८–
नेपाली यात्रु बाहक बस भारतमा दुर्घटना हुदाँ तीन जना नेपालीको मृत्यु भएको छ । बुटवलबाट कपिलबस्तुको कृष्णनगर नाका हुँदै दिल्ली तर्फ गइरहेको ना ४ ख ७६८७ नम्बरको बस सोमबार राति भारत, उत्तरप्रदेश बहराइच जिल्लाको रिसियामा दुर्घटनामा परेको हो । विपरित दिसाबाट तरकारी बोकेर आइरहेको भारतीय नम्वरको मिनी ट्रक बससँग ठोक्किएको थियो । उक्त दुर्घटनामा ३ नेपाली र दुई भारतीय सहित पाँच जनाको मृत्यु भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

भारत, बहराइचस्थित अस्पतालमा उपचाररत घाइते नेपाली । तस्बिर :  नबि अहमद
भारत, बहराइचस्थित अस्पतालमा उपचाररत घाइते नेपाली । तस्बिर : नबि अहमद

दुर्घटनामा परी भारतीय ट्रकका चालक र सह–चालकको पनि मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् । मृतक तीनै जना नेपालीको सनाखत भइसकेको बाँके प्रहरीले जनाएको छ । नेपाली बस दुर्घटनामा परेको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बाँकेले एक प्रहरी निरिक्षकको नेतृत्वमा मंगलबार दिउँसो घटनास्थल पठाएको थियो । मृतक मध्ये बसका चालक नवलपरासी देउराली निवासी खुमबहादुर सारु, स्याङ्जा रापाकोटका धनप्रसाद लम्साल र पाल्पा हुम्डीका तेजु अर्याल रहेका छन् । घाइते अधिकांसको बहराइच जिल्ला अस्पतालमा उपचार भइहरेको छ, भने गम्भिर घाईते दुई जनालाई लखनउस्थित ट्रमा सेन्टर रेफर गरिएको छ । दुर्घटनास्थल नेपालगन्जबाट ३५ किलोमिटर टाढा रहेको छ ।

Womui
Womui