प्रधानमन्त्री ओलीलाई राजिनामा दिन माओवादी केन्द्रको सुझाव

192

काठमाडौं, असार २८–
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन आग्रह गरेको छ । समर्थन फिर्ता लिए लगत्तै सिंहदरबारस्थित पार्टी संसदीय दल कार्यालयमा पत्रकार सम्मेलन गर्दै माओवादीले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन आग्रह गरेको हो । माओवादी केन्द्रले आज दिउँसो ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । पत्रकार सम्मेलनमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सहमतीय सरकार गठनको प्रक्रिया सुरु भएको बताए ।

पत्रकार सम्मेलनमा उपस्थित माओवादी केन्द्रका नेता ।
पत्रकार सम्मेलनमा उपस्थित माओवादी केन्द्रका नेता ।

प्रचण्ड नेतृत्वमा बन्ने सरकारमा एमालेकै समर्थन पनि हुने सम्भावना रहेको उनको भनाई छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर मार्ग प्रशसस्त गरिदिनुपर्ने महराले जोड दिए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा नयाँ सरकार गठन गर्न नेपाली कांग्रेससँग लिखित सहमति भएको दाबी महराले गरे । सरकारको नेतृत्व कांग्रेससँग आलोपालोमा गर्ने सहमति भएको उनले बताए । उनले भने, ‘कति समय कसले नेतृत्व गर्ने भन्ने कुरा तपाइँहरुले भोलिसम्म थाहा पाउनुहुन्छ, कांग्रेसले यसबारेमा जानकारी गराउनेछ ।’

Womui
Womui