सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लियो

340

काठमाडौं, असार २८–
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टीले सबै मन्त्रीहरुलाई समेत फिर्ता बोलाएका हुन् । अध्यक्ष दाहालले लेखेको पत्र मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको थियो । सरकार छोड्ने निर्णय गरे लगत्तै माओवादीले पत्रकार सम्मेलन गरी सो जानकारी गराउँदैछ । दाहालको हस्ताक्षर भएको पत्रमा एमालेले ९ बुँदे सहमति र ३ बुँदे भद्र सहमति कार्यन्वयन नगरेको आरोप लगाइएको छ ।

माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेखेको पत्र ।
माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेखेको पत्र ।
Womui
Womui