मानव अधिकार रक्षकको क्षमता अभिवृद्धि

184

नेपालगन्ज, असार २८–
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले मानव अधिकार रक्षकका लागि दुई दिने तालिम नेपालगन्जमा सुरू गरेको छ । तालिमको उद्घाटन शत्रमा राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलले पत्रकारले नागरिकका अधिकार उल्लंघन र ज्यादतीका सवाल उठान गर्नुपर्ने बताउँदै आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार र द्वन्द्व पीडितका पीडाको अवस्थाका विषयमा उठान गर्नुपर्ने बताए । इन्सेक क्षेत्रीय संयोजक भोला महतले मानव अधिकार रक्षकहरू मानव अधिकार उल्लंघन र ज्यादतीमा प्रष्ट हुन जरूरी हुने बताए । पत्रकार र मानव अधिकारकर्मीको भूमिकाको प्रत्यक्ष असर आमनागरिकमा पर्ने उनको भनाई छ ।

तालिममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेल ।
तालिममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेल ।

पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् मध्यपश्चिम क्षेत्रीय संयोजक झलक गैरेले फ्रन्टलाईनमा पत्रकार आउने भएकोले पहिलो मानव अधिकारकर्मी पत्रकार रहेको बताए । साधन, स्रोतको आधारमा पत्रकार महासंघले तालिमको व्यवस्था गर्न नसकेपनि इन्सेकले यस्तो कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिए । मानव अधिकार सबैको साझा सवाल भएको उनले बताए । मंगलबार सम्म चल्ने तालिममा सञ्चारमा मानव अधिकार र मानव अधिकार रक्षकको अवस्था र चुनौती, मानव अधिकार र मानव अधिकार संरक्षण र सम्वद्र्धनमा सञ्चारकर्मीको भूमीका, इन्सेक र मानव अधिकार अनुगमन र अभिलेखिकरण, मानव अधिकार र सञ्चार सूचनाको हक तथा सञ्चार नीति लगायत विषयमा प्रशिक्षण दिइने भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेल, पत्रकार महासंघका केन्द्रीय सदस्य झलक गैरे, महासंघ बाँके अध्यक्ष रूद्र सुवेदी, पत्रकार ठाकुरसिंह थारू र इन्सेकका नारायण सुवेदीले सहजीकरण गर्ने इन्सेक नेपालगन्जले जनाएको छ । उक्त तालिममा बाँके, बर्दिया, सुर्खेत र दाङ जिल्लाका १६ जना पत्रकार सहभागी रहेको बताइएको छ ।

Womui
Womui