प्रक्रिया मिचेर जिविसबाट कर्मचारी नियुक्त

42

नेपालगन्ज, असार २६ –
गरिबसँग विश्वेश्वर कार्यक्रमका लागि प्रक्रिया मिचेर जिल्ला विकास समिति बाँकेले कर्मचारी नियुक्त गरेको घटना सार्वजनिक भएको छ । बाँकेको गंगापुर र होलिया गाविसमा सञ्चालित गरिबसँग विश्वेश्वर कार्यक्रमका लागि गत चैत १५ गते सुचना प्रकाशित गरी सामाजिक परिचालक पदमा दरखास्त आव्हान गरिएकोमा जिविसले लिखित र प्रयोगात्मक प्रक्रिया पुरा नगरी एकतर्फी रुपले कर्मचारी नियुक्त गरेको आरोप लगाइएको हो ।

आवश्यक शैक्षिक योग्यता एसएलसी उर्तिण तोकेर उम्मेदवारसँग लिखित, प्रयोगात्मक र अन्र्तवार्ता लिई छनोट गर्नुपर्ने कुरा उक्त सुचनामा उल्लेख भएपनि जिविसले गंगापुर गाविसबाट संक्षिप्त सुची तयार गरी पेश भएका उम्मेदवार मध्ये गंगापुर–२ निवासी सुन्दाकुमारी यादवलाई अन्र्तवार्ताबाट छनोट गरेको हो । छनोट सम्वन्धी सुचना जिविसले शुक्रबार प्रकाशित गरेको थियो । असार २३ गते अन्र्तवार्ता हुने भनि मिति तोकिएकोमा उक्त दिन इद पर्व परेकाले सम्पुर्ण सरकारी कार्यालय र संघ, संस्था बन्द हुने सुचना भई आफ्नो अन्र्तवार्ताका सम्वन्धमा २४ गते शुक्रबार सम्पर्क गर्न जाँदा आर्थिक प्रलोभनमा परी जिविसले एकतर्फी रुपमा सफल उम्मेदवारको नाम प्रकाशित गरेको बैकल्पिक उम्मेदवार तेजकुमारी मौर्यले प्रेस विज्ञप्ती मार्फत जनाएकी छन् ।

आफु लिखित, प्रयोगात्मक र मौखिक परिक्षामा सहभागि सहभागि नभएको उनको भनाई छ । जिविसले प्रकाशित गरेको उक्त सुचनामा असार ३२ गतेको अन्र्तवार्ताबाट उम्मेदवार सफल भएको उल्लेख गरिएको छ । असार २३ गते विदाको दिनमै एकतर्फी अन्र्तवार्ता लिएको भन्ने भ्रममा पारिएकोमा सो काम, कारबाही कानुन विपरीत समेत भएको भन्दै यस विषयमा विषयमा आफुले सम्वन्धित निकायमा उजुरी दिने उनले बताएकी छन् । चलानी नम्वर नै उल्लेख नगरिएको उक्त सुचनामा जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत भरत मल्लको हस्ताक्षर रहेको छ ।

Womui
Womui