बालबालिका तस्करी अभियोगमा श्रेष्ठ पक्राउ

44

काठमाडौं, असार २५–
नेपाली बालबालिका अमेरिका तस्करी गरेको आरोपमा काठमाडौं पुतली सडकस्थित सहारा लिंक इन्टरनेसनल प्रालिकी प्रबन्ध निर्देशक रजनी श्रेष्ठलाई प्रहरीले हिरासतमा राखेर कारवाही थालेको छ । साँस्कृतिक आदान–प्रदानका नाममा नौ जना बालबालिका अमेरिका पुर्याएर उतै छाडेको अभियोगमा अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले मानव ओसार–पसार तथा बेचबिखन ऐन अन्तर्गत थप कारवाहीका लागि श्रेष्ठलाई शनिबार हिरासतमा लिएको हो । परिसरले अनुसन्धानका लागि हाजिरी जमानीमा राखेकी श्रेष्ठलाई थप प्रमाणका आधारमा हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

रजनी श्रेष्ठ
रजनी श्रेष्ठ

परिसरका प्रमुख (एसएसपी) विक्रमसिंह थापाले थप अनुसन्धानका लागि श्रेष्ठलाई हिरासतमा लिएको पुष्टि गरेका हुन् । घटनापछि प्रहरीको नियमित सम्पर्कमा रहेकी श्रेष्ठका बिरुद्ध थप प्रमाण जुटाउन हिरासतमा लिनु परेको उनले बताए । ‘घटनाका विषयमा थप प्रमाण र आधार भेटिएका छन, कानुन अनुसार अनुसन्धान हुन्छ,’ उनले भने । समर स्कुलका लागि भनेर अमेरिका पुर्याइएका नौ बालबालिका न्युयोर्क विमानस्थलबाट भगाएपछि फर्किने क्रममा त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थल अध्यागमनले रजनीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो ।

Womui
Womui