प्रजातान्त्रिक राष्ट्रिय यातायात व्यवसायीको भेला

23

नेपालगन्ज, असार २६–
प्रजातान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघको आइतबार नेपालगन्जमा भेरी, कर्णाली अञ्चल स्तरीय प्रथम भेला सम्पन्न भएको छ । भेलालाई सम्वोधन गर्दै प्रजातान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यले व्यवसायी र व्यवसायको सुरक्षा गर्नु राज्यको प्रथम दायित्व भएको भन्दै सो दायित्वबाट पञ्छिन नमिल्ने बताए । यातायात व्यवसायलाई सरकारले नीतितगत रुपमा व्यवस्थापन गर्न नसकेको भन्दै उनले यातायात व्यवसायी स्वयं अग्रसर हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागि अतिथी ।
कार्यक्रममा सहभागि अतिथी ।

प्रजातन्त्रमा नै व्यवसायिक विकास र प्रवद्र्धन हुने भएकाले व्यवसायिक संघ संगठनहरु सेवा दिने र अधिकार लिने काममा अग्रसर हुन आवश्यक रहेको उनको भनाई छ । राजनीतिक दल पनि व्यवसायीप्रति सकरात्मक र लोकतान्त्रिक व्यवहार प्रकट गर्नबाट विमुख हुन नहुने अध्यक्ष कर्माचार्यले बताए । काँगे्रस बाँके सभापति किरण कोइरालाले यातायात व्यवसायीका साझा सवाल र मुद्दा उठानका लागी पार्टी सधैं क्रियाशिल रहने बताईन् ।

संघका क्षेत्रीय संयोजक मनप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भेलामा उपाध्यक्ष विजयबहादुर स्वाँर, सचिव केदार पौडेल, काँगे्रस बाँकेका सचिव तप्त पौडेल लगायतले शुभकामना मन्तव्य दिएका थिए । भेलामा करिव दुई दर्जन यातायात समितिका दुई सय बढी प्रतिनीधी सदस्यको सहभागिता रहेको बताइएको छ ।

Womui
Womui