अपराध अनुसन्धानलाई चुस्त पार्ने प्रतिवद्धता

161

नेपालगन्ज, असार २५–
भेरी अञ्चलका विभिन्न जिल्लाका प्रहरी प्रमुखले अपराध अनुसन्धान कार्यको समिक्षा गरेका छन् । भेरी अञ्चल प्रहरी कार्यालय नेपालगन्जले शनिबार आयोजना गरेको अपराध अनुसन्धान कार्य समिक्षा भेलामा आ–आफ्नो जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे रिर्पोटिङ गर्दै प्रहरी प्रमुखले अपराध अनुसन्धान तथा नियन्त्रण संयन्त्रलाई चुस्त पार्ने प्रतिवद्धता पनि जनाए । भेलालाई सम्बोधन गर्दै भेरी अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक(एसएसपी) धिरु बस्न्यातले प्रजातान्त्रिक समाजमा कानुनको शासन अपरिहार्य रहेकोमा जोड दिदै नेपाल प्रहरीको कानुन कार्यान्वयनमा अग्रणी भुमिकामा रहेको बताए ।

भेला उद्घाटन गर्दै भेरी अञ्चल प्रहरी प्रमुुख एसएसपी धिरु बस्न्यात ।
भेला उद्घाटन गर्दै भेरी अञ्चल प्रहरी प्रमुुख एसएसपी धिरु बस्न्यात ।

अपराध अनुसन्धान र अभियोजन कार्य मुख्य र चुनौतीकार्य रहेकोले यस क्षेत्रको सुदृढिकरणको लागि अपराध अनुसन्धान कार्य योजना २०७२÷७३ को तर्जुमा भई अनुसन्धानमा विशिष्टिकरण प्रणाली नेपाल प्रहरीले लागु गरिसकेको उनले जानकारी दिए । बस्तु निष्ठ अनुसन्धान, मानव अधिकारको सम्मान सिद्धान्तलाई अंगिकार गर्दै दण्डहिनताको अवस्थालाई न्युनिकरणको लागी अञ्चल प्रहरी कार्यालय भेरीलाई शसक्तिकरण गरिएकोमा उत्साहित हुदै प्राप्त जिम्मेवारीलाई सत् प्रतिशत पुरा गर्ने एसएसपी बस्न्यातको भनाई छ । ‘मातहतका मुद्दा चल्ने निकायको सुदृढिकरणको लागि निरन्तर रुपमा सुपरिवेक्षण, अनुगमन र मानव श्रोत, प्रविधी ब्यवस्थापनमा भेरी अचल प्रहरी कार्यालय सदैब तल्लिन रहने छ,’ उनले भने ।

उक्त भेलामा अपराध अनुसन्धान गर्ने अचल प्रहरी लगायत मातहतका पाँचै जिल्ला बाँके, बर्दिया, सुर्खेत, जाजरकोट र दैलेखका प्रहरी प्रमुख तथा अनुसन्धान अधिकृतको सहभागिता रहेको थियो । भेलाबाट अनुसन्धानमा संस्थागत तथा कार्य शैलीगत सुधार हुने अपेक्षा गरिएको छ ।

Womui
Womui