क्यान्सर अस्पतालको दुई करोड रकम उठेन

89

नेपालगन्ज, असार २५–
बाँकेको खजुरामा नेपाल क्यान्सर अस्पताल निर्माणका लागि दाताले बोल कबोल गरेको झण्डै २ करोड रुपैयाँ अझै उठ्न सकेको छैन । अस्पताल निर्माण सहयोगार्थ २०६५ साल माघ ११ देखी १८ गते सम्म खजुरामा महायज्ञ सञ्चालन गरिएको थियो । महायज्ञमा विभिन्न व्यक्ति, संघ संस्था, सरकारी निकाय र सभासदले नगद तथा जिन्सी गरी ५ करोड २६ लाख ४३ हजार ८ सय ७९ रुपैयाँ बराबर बोलकबोल गरेका थिए । त्यसमध्येको ३ करोड २७ लाख ६१ हजार ९ सय ६४ रुपैयाँ हालसम्म उठिसकेको छ, भने एक करोड ९९ लाख १२ हजार ९ सय १५ रुपैयाँ उठ्ने क्रममा रहेको अस्पताल सञ्चालक समितिले जनाएको छ ।

नेपाल क्यान्सर अस्पतालको नवौं साधारण सभामा उपस्थित अतिथी ।
नेपाल क्यान्सर अस्पतालको नवौं साधारण सभामा उपस्थित अतिथी ।

खजुरामा शनिबार सम्पन्न नवौं बार्षिक साधारण सभाको बन्दशत्रमा समितिका कोषाध्यक्ष गोपाल तिवारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कुल रकमको ३७ प्रतिशत रकम उठ्न नसकेको जानकारी दिए । उनका अनुसार महायज्ञमा १ हजार ५ जना दानबीर दाताले बोलकबोल गरेका थिए । त्यसमध्ये ५ सय ४३ जना दाताले बोलकबोल गरेको रकम चुक्ता गरिसकेको र ३ सय ५ जना दाताले किस्ता–किस्ता गरी रकम दिइरहेको तथा १ सय ५७ जनाले अहिले सम्म कुनै पनि रकम नदिएको प्रतिवेदनमा उल्लेख छ । ‘महायज्ञ जस्तो पवित्र कार्यमा बोल कबुल गर्नु भएको रकम जम्मा गरिदिनु हुन अनुरोध गर्दै रकम चुक्ता गर्ने दाताहरुको नामावली छिट्टै प्रकाशित गरी शिलामा नाम लेख्ने तयारी गरिरहेको कोषाध्यक्ष तिवारीले बताए ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष कक्षपतिको सभापतित्वमा सम्पन्न नवौं बार्षिक साधारण सभाको उद्घाटन शत्रमा बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थ, नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइराला, एमाले बाँके अध्यक्ष अशोक कोइराला, माओबादी केन्द्रका नेता डम्बर बिक, पुर्व सभासद मोहम्मद्धी सिद्धिकी, पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदी, समाजसेवी, बुद्धिजिवी लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

Womui
Womui