किसानलाई दोस्रो किस्ताको अनुदान वितरण

73

नेपालगन्ज, असार २५ –
जिल्ला पशु सेवा कार्यालय बाँकेले किसानलाई दोस्रो किस्ताको अनुदान वितरण गरेको छ । कार्यालयले सार्वजनिक सुनुवाई, अनुदान तथा पुरस्कार वितरण र सामग्री हस्तान्तरण कार्यक्रम गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले एक कार्यक्रमका बीच अनुदान, पुरस्कार तथा सामग्री हस्तान्तरण गरे । पशु सेवा कार्यालयका प्रमुख डा. बेदबहादुर केसीका अनुसार उक्त कार्यक्रममा पशु अनुदान अन्तरगत् मझौला र साना गरी १० वटा फार्मलाई ७ लाख ६० हजार रुपैयाँ अनुदान दिइएको छ । ३ वटा मझौला र ७ वटा साना फार्मलाई एक लाखदेखि १ लाख ४० हजारसम्म अनुदान दिइएको हो ।

किसानलाई अनुदान वितरण गर्दै प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थ ।
किसानलाई अनुदान वितरण गर्दै प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थ ।

यसैगरी पाडा हुर्काउने कार्यक्रम अन्तरगत् शारदा कृषि पशुपालन फार्मलाई २ लाख अनुदान दिइएको छ । त्यस्तै पशु पंक्षी प्रबद्र्धन कार्यक्रम अन्तरगत् मासु पसल र डेरी पसल सुधारका लागि १० वटा फार्मलाई १५ लाख बढी अनुदान दिइएको छ । यसैगरी किसानहरुलाई मलखादसम्म मल पु¥याउन सहज होस् भनेर ३८ जना पशुपालन किसानलाई ह्विलव्यारो र बेल्चा वितरण गरिएको छ । गाई, भंैसी र बाख्रामा कृत्रिम गर्भाधान गर्ने पाँच जनालाई पनि पुरस्कृत गरिएको छ । कृत्रिम गर्भाधानकर्ता गोविन्दबहादुर रोकाय, कमलप्रसाद उपाध्याय, नवलकिशोर पाठक, बिष्णुप्रसाद अधिकारी लगायतलाई नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको हो ।

शब्द/तस्बिर : खगेन्द्र दाहाल

Womui
Womui