काँग्रेस महामन्त्री शशांक कोईरालाको अवस्था गम्भिर

369

काठमाडौं, असार २२–
काँग्रेस महामन्त्री डा. शशांक कोइरालाको अवस्था गम्भिर रहेको छ । बिहान अकस्मात विरामी भएपछि कोइरालालाई चावहिलस्थित ओम अस्पतालमा भर्न गरिएको थियो । कोइरालालाई बुधबार विहानै वान्ता भएपछि उनी बेहोस भएका थिए । उनको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

Sasanka Koirala

अस्पताले कोइरालाको अवस्था गम्भिर रहेको जनाको छ । अस्पतालले विज्ञप्ति जारी गरी कोइरालाको अवस्था गम्भिर तथा स्थिर रहेको जनाएको छ । कोइरालाको बायाँ फोक्सोमा निमोनिया भएको छ । कोइरालालाई भेट्न अस्पतालमा कांग्रेस सभापति शेरबहादुर देउवा, काँग्रेसका अन्य नेता तथा कार्यकर्ता, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, शुभचिन्तक अस्पताल पुगेका छन् । महामन्त्री कोईराला जननायक विपी कोईरालका पुत्र हुन् ।

Womui
Womui