बाढीले विभिन्न ठाउँमा कटान

116

नेपालगन्ज, असार २१–
राप्ती नदीमा मंगलबार आएको बाढीले बाँकेको फत्तेपुर र होलिया गाविसको केही ठाउँमा कटान गरेको छ । फत्तेपुर–१ खल्ला झगडिया गाउँमा बाढीले करिव ५० मिटर बाटो कटान गरेको स्थानीय बासिन्दा दुर्गाप्रसाद पाण्डेले जानकारी दिए । गाउँमा रहेको निम्न माध्यामिक बिद्यालय सम्म बाढी आएको र कटान गरेको उनले बताए । ‘बाढी आएपनि सुरक्षा सर्तकता अपनाएका कारण जनधनको क्षति हुन पाएन, तर गाउँको सडकमा कटान गरेको छ,’ उनले भने । होलियाको टेपरी क्षेत्रमा पनि केही कटान गरेको स्थानीय बासिन्दाले बताएका छन् । पहाडी क्षेत्रमा परेको अविरल बर्षाले राप्ती नदीमा पानीको सतह मंगलबार अचानक बढेको थियो ।

होलियास्थित टेपरी गाउँ नजिक राप्तीको बाढीले कटान गरेको क्षेत्र ।
होलियास्थित टेपरी गाउँ नजिक राप्तीको बाढीले कटान गरेको क्षेत्र ।

राप्तीको बाढीबाट हुने सम्भावित जनधनको क्षति कम गर्न बिहान स्थानीय प्रशासनले आसपासका गाउँमा उच्च सर्तकता अपनाउन अनुरोध गरेको थियो । त्यसक्षेत्रका स्थानीय बासिन्दालाई प्रहरीको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तर गरिएको थियो । कुसुमस्थित बाढी मापन केन्द्रमा बिहान ११ बजेतिर ५ मिटर २ सेन्टीमिटर कायम भएको बाढी अपरान्ह ५ बजेतिर प्रभावित क्षेत्र फत्तेपुर, होलिया, मटेहिया, गंगापुर, बेतहनी, बनकट्टी, कम्दी लगायत गाविसमा पुगेको हो ।

पछिल्लो समयमा कुसुमस्थित बाढी मापन केन्द्रमा पानीको सतह ४ मिटर ७० सेन्टीमिटर पुग्ने वित्तिकै प्रभावित क्षेत्रका गाउँमा पानी पस्ने निश्चित भएको स्थानीय प्रशासनको भनाई छ । ‘कुसुममा ४ मिटर ७० सेन्टीमिटर पानीको सतह देखिएपछि हामीले सम्वन्धित गाविसका सचिव, विपत व्यवस्थापन टोली र प्रहरीलाई निर्देशन दियौं, ठाउँ–ठाउँमा साईरन बजाएर स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान भन्यौ,’ प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले भने ।

Womui
Womui