‘रिचिंग द अनरिच परियोजना सफल’

115

नेपालगन्ज, असार १६–
बाँकेका ८ वटा गाविसमा सञ्चालन गरिएको ‘रिचिंग द अनरिच परियोजना’ ले ती गाविसमा रहेका स्वास्थ्य संस्थाको क्षमता बढाउनुुका साथै ती संस्थामा सिमाकृत समुदायका महिलाहरुको पहुँच समेत बृद्धि गर्न सफल भएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा जिल्लाका ८ वटा गाविसमा सञ्चालित सो परियोजनाको बिहिबार आयोजना गरिएको समापन कार्यक्रममा सो जानकारी गराइएको हो । सिमाकृत समुदायका महिलाहरुमा मातृशिशु, बाल स्वास्थ्य तथा पोषण सेवाहरुको पहँुच र उपयोगमा देखिएको असमानता हटाउने उदेश्यले सन २०१३ देखि सञ्चालन गरिएको सो परियोजना सम्पन्न भएको छ ।

नेपालगन्जमा बिहीबार परियोजना समापन कार्यक्रममा सहभागि ।
नेपालगन्जमा बिहीबार परियोजना समापन कार्यक्रममा सहभागि ।

सो कार्यक्रम अन्तर्गत ८ गाविसका ११ वटा स्वास्थ्य संस्थाहरुको मर्मत सम्भार तथा निर्माण गरिएको ४२ वटा सबै स्वास्थ्य संस्थामा बिभिन्न प्रकारका आवश्यक उपकरण प्रदान गरिएको तथा २८ वटा गाउँघर क्लिनिकलाई पनि बिभिन्न उपकरण सहयोग गरेर सुदृढ बनाईएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दीकीले बताए । यस्तै ती ८ गाविसका ४१ जना नर्सिङ स्टाफलाई विभिन्न प्राविधिक तालिम दिइएको र कम्दी गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको अध्यक्ष सिद्दीकीले बताए । स्वास्थ्य संस्था र प्रसुुती केन्द्रहरुलाई सक्षम बनाउन ६ वटा स्वास्थ्य संस्थालाई सोलार समेत प्रदान गरिएको उनको भनाई छ ।

कम्दी गाविसस्थित स्वास्थ्य केन्द्रमा रहेको प्रसुती केन्द्रलाई जिल्लाकै पहिलो नमुना प्रसुती केन्द्र बनाउने योजनासहित जिल्ला जनस्वास्थ्य कार्यालयले प्रस्ताव अघि सारेको ‘रिचिंग द अनरिच परियोजना’ का अधिकृत रजनीकान्त चौधरीले बताए । समापन कार्यक्रममा बोल्दै बाँकेका जनस्वास्थ्य प्रमुख डा. विनोद कुुमार गिरीले ‘रिचिंग द अनरिच परियोजना’ ले ८ वटा गाविसका स्वास्थ्य संस्थालाई धेरै राम्रो अवस्थामा पुरयाएको जनाउँदै यस्ता कार्यक्रमहरुको जिल्लामा खाँचो रहेको बताए । यसले सिमाकृत समुदायको सोचमा समेत परिवर्तन ल्याउन सफल भएको उनको भनाई छ ।

सेभ द चिल्ड्रेन मध्य र सुदुरपश्चिम फिल्ड कार्यालयका प्रमुख बिरेन्द्र ठगुन्नाले यस्ता कार्यक्रम कुनै पनि गैर सरकारी संस्थाले जिल्ला भरी संचालन गर्न नसक्ने जनाउँदै अन्ततः राज्यले नै सबै जिम्मेवारी लिनुपर्ने बताए । सो अवसरमा बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खान, सल्लाहकार निरज गौतम, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदी, जनस्वास्थ्य अधिकृत सरोज शाह, सेभ द चिल्ड्रेनका रवि मोहन भण्डारी र प्रजनन स्वास्थ्य समन्वय समितीका सदस्यहरुको उपस्थिती रहेको थियो । ‘रिचिंग द अनरिच परियोजना’ बाँकेका गनापुुर, मनिकापुर, शमशेरगन्ज, खजुुराखुर्द,बेलहरी, पिप्रहवा, कम्दी र कचनापुर गाविसमा सञ्चालन गरिएको थियो ।

Womui
Womui