उपत्यकामा मोनो र मेट्रो रेलको विस्तृत परियोजना बनाइँदै

36

काठमाडौं, असार १६–
काठमाडौँ उपत्यकाको दीगो यातायात व्यवस्थापनका लागि मोनो र मेट्रो रेलको विस्तृत परियोजना प्रस्ताव तयार गरिने भएको छ । मन्त्रिपरिषद्ले गत फागुन १७ गते उपत्यकामा मोनो (एक लेन) र मेट्रो (दुई लेन) रेलको विस्तृत सम्भाव्यता अध्ययन गरेर निर्माणको काम अघि बढाउन लगानी बोर्डको कार्यालयलाई तोकेको थियो । बोर्डले कसरी काम अघि बढाउने भन्ने विषयमा प्रारम्भिक छलफल गरी विस्तृत परियोजना प्रस्ताव निर्माणको काम सुरु गरेको छ ।

आव २०७३/०७४ को बजेट वक्तव्यमा उपत्यकामा मोनो रेलसम्बन्धी सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरिएअनुसार काम अघि बढाइएको बोर्डका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले राससलाई जानकारी दिए । ‘लगानी बोर्ड ऐनमा मोनो र मेट्रो रेल निर्माणको विषय उल्लेख नभएकाले मन्त्रिपरिषद् बैठकले निर्णय गरी काम गर्न तोकेको हो, यसअघि बोर्डको विसं २०७२ माघ १० को निर्णयअनुसार यो विषय मन्त्रिपरिषद्मा पुगेको थियो,’ उनले भने । यसअघि विसं २०६८ मा रेल विभागले कोरियाली कम्पनीमार्फत उपत्यकामा विद्युतीय मेट्रो रेलसम्बन्धी सम्भाव्यता अध्ययन गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रतिवेदन पेस गरेको थियो । मन्त्रालयबाट मन्त्रिपरिषद् हुँदै लगानी बोर्डमा पुगेको प्रतिवेदनका आधारमा दुई वर्षअघि नेपाल मेट्रो प्रालिले विस्तृत परियोजना विवरण निर्माणको इच्छा देखाएको थियो ।

Womui
Womui