बाँके युनेस्को क्लबद्धारा ‘लक्षित समुह विकास कार्यक्रम’ सञ्चालन

83

नेपालगन्ज, असार १६–
नेपालगन्ज उप–महानगरपालिकाका १ देखि २८ नम्बरका सबै वडामा बाँके युनेस्को क्लबले ‘लक्षित समुह विकास कार्यक्रम’ सञ्चालन गरेको छ । उप–महानगरपालिकाको आर्थिक सहयोगमा उक्त कार्यक्रम सामाजिक र आर्थिक रुपले धेरै पछाडी रहेका मधेशी र मुस्लिम महिलालाई लक्षित गरेर सञ्चालन भइरहेको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताए । उप–महानगरपालिकाले आर्थिक वर्ष २०७२/७३ मा लक्षित वर्गका लागी स्वीकृत कार्यक्रम अन्र्तगत उक्त लक्षित समुह विकास कार्यक्रम क्लबले सञ्चालन गरेको हो ।

अशिक्षता, अज्ञानता र सीप विकासको कमीले गर्दा मधेशी र मुस्लिम समुदायको आर्थिक अवस्था दयनीय रहेको र सोही आर्थिक विपन्नताका कारण बालबालिकाहरु शिक्षा, स्वास्थ्य र पोषण जस्ता आधारभुत आवश्यकताबाट बन्चित रहेकाले यस कार्यक्रमले विभिन्न चेतनामूलक गतिविधी गरिरहेको अध्यक्ष सिद्दिकीले बताएका छन् । लैंगिक विभेदले गर्दा बालिकाको संख्या विद्यालयमा न्युन रहेको, घरभित्र घरेलु हिंसाको वातावरणले बालबालिकाको मानसिकतामा नकारात्मक असर पारिरहेको तथा मधेशी र मुस्लिम समाजमा बालविवाह र वैवाहिक सम्बन्ध विच्छेदका घटना धेरै भएकाले ती सबैलाई न्यूूनिकरण गर्न कार्यक्रमले सहयोग गर्ने सो कार्यक्रमका अधिकृत सुनिल चौधरीले बताए ।

सो कार्यक्रम अन्तर्गत हालसम्म गर्भवती महिलालाई लागु पदार्थ तथा मदिराको बारेमा वडा वडामा अन्तरक्रिया तथा अभिमुखीकरण, पुरुष र गर्भवती महिलालाई महिला हिंसाले गर्दा बालबालिकालाई कस्तो किसीमको असर पर्दछ, भन्ने बिषयमा अन्तरक्रिया तथा अभिमुखीकरण, बाल क्लबका बालबालिकालाई लैंगिक विभेद विरुद्ध बिषयक तालिम प्रदान गरिसकिएको छ । यस्तै बाल क्लबका बालबालिकालाई कम्प्यूटर शिक्षाको बिषयमा तालिम, बाल अधिकार र बाल संरक्षणको बिषयमा तालिममा लिइएका बालबालिकालाई परिचालन गरी वडास्तरका बालक्लबलाई तालिम, उमेर पुगेका बालबालिकालाई बाल विकासमा भर्ना गराउनको लागी अन्तरक्रिया कार्यक्रम र बाल क्लबका बालबालिकालाई अतिरिक्त क्रियाकलापबारे तालिम पनि प्रदान गरिसकेको कार्यक्रम अधिकृत चौधरीले बताएका छन् ।

Womui
Womui