केही शक्ति र प्रवृत्ति देशलाई विखण्डित गर्दैछन् : प्रचण्ड

90

नेपालगन्ज, असार १६-
नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले संविधान निर्माण भएपनि केही शक्ति र केही प्रवृत्तिहरु देशलाई विखण्डित गर्ने खेलमा लागेको बताएका छन् । २०७४ साल माघ ७ गतेभित्र संविधान कार्यान्वयन गर्ने परिस्थिती नबने ठुलो राजनीतिक दुर्घटना हुने खतरा फेरी देखा परेको दाहालले बताए । गतवर्षको भूकम्पमा परेर दिवंगत भएका नेपालगन्जका युवा व्यवसायी अच्युतराज सुवेदीको प्रथम वार्षिकि तथा स्मृती पुस्तक विमोचन कार्यक्रमलाई सम्वोधन गर्दै पुर्वप्रधानमन्त्री उनले मुलुकमा राष्ट्रिय एकता कायम गर्न नसकिए मुलुकलाई धेरै अप्ठ्यारो पर्ने ठोकुवा गरे ।

Puspa Kamal Dahal Pic

राष्ट्रिय एकता र सहमतीबाट मात्र मुलुकका विधमान समस्या समाधान गर्न सकिने उनको भनाई छ । राष्ट्रिय एकता र सहमतीलाई पुर्णता दिन राष्ट्रिय सहमतीको सरकार निमार्ण गर्नुपर्ने उनको जोड छ । ‘एमालेको नेतृत्वमा अहिले सरकार छ, त्यसमा राष्ट्रिय सहमती हुन्छ भने हामीलाई कुनै आपत्ति छैन,’ दाहालले भने ‘नेपाली कांग्रेस गणितीय र इतिहासको हिसावले पनि अहिले देशको सबैभन्दा ठुलो र पुरानो पार्टी हो, काँग्रेसका शेरबहादुर देउवा जीकै नेतृत्वमा राष्ट्रिय सरकार बन्छ भनेपनि माओबादी खुसी नै हुन्छ, यसमा कुनै आपत्ति हुदैन ।’ तर शान्ति प्रक्रियाको मुख्य पक्षधर, राष्ट्रिय एकता र सहमती कायम गर्न भूमिका खेलेको नाताले माओबादीकै नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार बनाउन काँग्रेस र एमालेले साथ दिएमा आफुहरु तयार रहेको दाहालले बताए । भुकम्पले मुलुकमा ठुलो जनधनको क्षति पु¥याएपनि विपत्तीले सबै राजनीतिक शक्तिलाई एकै ठाउँमा उभ्याउने परिस्थितीको सिर्जना गरेको उनले बताए ।

Womui
Womui