भूकम्प पीडितलाई तीन लाख रुपैयाँ उपलब्ध गराउने सहमति

38

काठमाडौं, असार १४-

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका मागबारे छलफल गर्न मंगलबार साँझ शीर्ष नेता सहित बसेको चार दलीय कार्यदलको बैठकमा भूकम्पपीडितलाई तीन लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएको छ। नयाँ वानेश्वरस्थित संसद भवनमा बसेको बैठकमा यस्तो सहमति भएको राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले  बताए। ‘भूकम्पपीडित परिवारलाई तीन लाख रुपैयाँ नगद दिने विषयमा सैद्धान्तिक सहमति भएको छ’ एकमुस्ट दिने वा कति किस्ताबन्दीमा दिने भन्ने विषयमा छलफल हुन बाँकी छ,’ नेता गिरीले भने ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने माग गर्दै लगातार संसद बैठक अबरुद्ध गरेपछि सो विषयमा सहमति जुटाउन शीर्ष तहमा संसद भवनमा बैठक राखिएको हो। नयाँ वानेश्वरस्थित संसद भवनमा भएको बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री बाहिरिए पनि  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी थिए। प्रधानमन्त्री ओली बैठकमा केही समय बसेर बाहिरिएका थिए।

Womui
Womui