‘कृषिमा जलवायु परिवर्तनको असर’

113

नेपालगन्ज, असार १२–
जलवायु परिवर्तनको असर कृषि क्षेत्रमा पनि परेको विज्ञहरुले बताएका छन् । जलवायु परिवर्तनकै कारण खाद्यान्न बाली उत्पादनमा ह्रास आएको उनीहरुको भनाई छ । कृषि सुचना तथा सञ्चार केन्द्रले कृषि विज्ञ, वातावरण विज्ञ र कृषि पत्रकार विच ‘जलवायु परिवर्तन र कृषि’ विषयक आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो बताइएको हो । कार्यक्रममा प्रस्तुतीकरण गर्दै क्षेत्रीय कृषि निर्देशक शिवनारायण चौधरीले जलवायु परिवर्तनको असर कृषि क्षेत्रमा बढी देखिएको बताए ।

प्रस्तुतीकरण गर्दै कृषि विकास कार्यालय बाँकेका प्रमुख कृष्णबहादुर बस्नेत ।
प्रस्तुतीकरण गर्दै कृषि विकास कार्यालय बाँकेका प्रमुख कृष्णबहादुर बस्नेत ।

जलवायु परिवर्तनको असरलाई रोकथाम गर्न नसकिएपनि प्रतिकुल मौसममा उत्पादन दिने खालका उन्नत बिउ किसानले प्रयोग गर्नुपर्ने अवस्था आएको बताए । सो अवसरमा सञ्चार केन्द्रका प्रमुख मिनप्रसाद बुढाथोकीले जलवायु परिवर्तन र यसका असर तथा जलवायु परिवर्तन र बाँके जिल्लाको कृषिमा यसको असर विषयक कार्यपत्र कृषि विकास कार्यालय बाँकेका प्रमुख कृष्णबहादुर बस्नेतले प्रस्तुत गरेका थिए ।

प्रस्तुतका क्रममा जिल्ला कृषि विकास कार्यालय बाँकेका प्रमुख बस्नेतले जलवायु परिवर्तनको असरले खडेरी र सुख्खा जमिन हुदाँ चालु वर्षमा बाँकेमा ४ हजार मेट्रीक टन खाद्यान्न बाली कम उत्पादन भएको जानकारी दिए । धान र मकै तथा गहुँ उत्पादनमा भारी गिरावट आउँदा खाद्यान्नमा परनिर्भर हुनु परेको बस्नेतले बताए । उनका अनुसार बाँकेमा करिव १ लाख मेट्रीक टन खाद्यान्न खपत हुन्छ । तर चालु वर्ष २०७२÷७३ मा ९५ हजार ५ सय मेट्रीक टन मात्र खाद्यान्न उत्पादन भएकाले परनिर्भर हुनु परेको उनको भनाई छ । 

Womui
Womui