पर्यटन विकास र व्यवस्थापन गर्न रणनीतिक योजना स्वीकृत

145

नेपालगन्ज, असार १२–
बाँकेको पर्यटन विकास तथा व्यवस्थापन सम्वन्धी रणनीतिक योजना स्वीकृत भएको छ । जिल्ला विकास समिति बाँकेको समन्वयमा करिव अढाई महिनाको अवधीमा तयार गरिएको योजना आइतबार शंसोधन सहित स्वीकृत गरिएको हो । रणनीतिक योजना तयार पार्न पर्यटनविद कृष्ण खरेलको संयोजकत्वमा एक टोली खटिएको थियो । योजना स्वीकृत भएपछि आगामी आर्थिकवर्ष २०७३/७४ बाट कार्यान्वयनमा ल्याउन सहज भएको बाँकेका स्थानीय विकास अधिकारी एवम् समन्वय समितिका संयोजक जीवलाल भुसालले बताएका छन् ।

रणनीतिक योजना सम्वन्धी आइतबार आयोजित कार्यक्रमका सहभागि ।
रणनीतिक योजना सम्वन्धी आइतबार आयोजित कार्यक्रमका सहभागि ।

‘अघिल्लो जिल्ला परिषदबाट सैद्धान्तिक सहमती प्राप्त गरिसकेपछि योजनाको ड्राफ्ट अनुमोदन भयो, आज यसलाई अन्तिम रुप दिइएको हो ।’ यसमा पर्यापर्यटन, कृषि, घरवास, सँस्कृती, पदयात्रा, साहसिक, खेल पर्यटन लगायत समावेश छ । पञ्चवर्षीय रणनीतिक योजनाभित्र पर्यटन प्रवद्र्धनको उद्धेश्य, लक्ष्य, रणनीति, प्राथमिकता, सुचक तथा क्रियाकलापलाई वार्षिक बजेटका माध्यमबाट सम्वन्धित कार्यालयले कार्यान्वयन गर्ने उल्लेख गरिएको छ ।

‘यो हिसाबले पर्यटनका क्षेत्रमा हरेक कार्यालयले अब लगानी गर्नेछन,’ उनले भने ‘जिविसले पनि पर्यटन प्रर्वद्धनका लागि ग्रामिण पुर्वाधार, सडक, जनशक्तिको क्षमता विकासमा लगानी गर्नेछ ।’ बाँकेका स्थानीय विकास अधिकारी भुसालको सभापतित्वमा सम्पन्न रणनीतिक योजना सम्वन्धी छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थ, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, पर्यटन व्यवसायी, होमस्टे सञ्चालक, सुरक्षा निकाय, नागरिक समाज, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

Womui
Womui