केसीका मागप्रति अख्तियारको आपत्ति

55

काठमाडौं, असार १२–
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरिष्ठ चिकित्सक डा. गोविन्द केसीको मागप्रति आपत्ति प्रकट गरेको छ । अख्तियारले विज्ञप्तीमा भनेको छ, ‘आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरुमाथि मनोगत लाञ्छना सहित महाभियोग एवम् कारबाही प्रक्रिया आघि बढाउन राखेको मागप्रति कडा शब्दमा भत्र्सना गर्दछौं ।’

Dr. Govinda KC

भ्रष्टाचार, अनाचार एवं सबैखाले विसंगति बिरुद्दको महाअभियानमा क्रियाशील आयोगका प्रमुख आयुक्त र आयुक्तहरु प्रति लक्ष्यित डा. के.सीको सो माग छुद्रता, अराजकता र अस्वस्थ मानसिकताको द्योतक हो भन्ने आयोगको ठम्याई रहेको विज्ञप्तिमा जनाइएको छ । आयोगले आफ्ना कुनैपनि पदाधिकारीद्वारा आफ्नो र आफन्तको निहित स्वार्थका लागि चिकित्सा क्षेत्रमा भर्ना गरेको, स्वास्थ्य तथा चिकित्सा क्षेत्रको सुधारको प्रक्रिया अबरुद्द तुल्याएको, भ्रष्टहरुलाई संरक्षण दिएको र कुनै पदाधिकारी बिशेषलाई सौदाबाजीमार्फत राजीनामा दिन वाध्य तुल्याएको भन्ने विषय पुष्ट्रि गर्न डा. के.सी.लाई चुनौति दिन्छौं भनिएको छ ।

Womui
Womui