कांग्रेससँग सहमति नगरी संसद अवरोध हट्दैन : केसी

39

काठमाडौं, असार ११–
काँग्रेस नेता अर्जुन नरसिंह केसीले प्रमुख प्रतिपक्षी नेपाली काग्रेससँग सहमति नगरी प्रधानमन्त्रीले संसदमा बोल्दैमा अवरोध नहट्ने जिकिर गरेका छन् । रिपोर्टर्स क्लबले शनिबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा केसीले संविधानको कार्यान्वयनकालागि राष्ट्रिय सहमतिको आवश्यकता रहेकोले आफूहरु सहमतिको सरकारको पक्षमा रहेको स्पष्ट पारे । उनले सहमतीय सरकारको नेतृत्वमा काँग्रेसको दाबी रहेको प्रष्ट्याए ।

Arjun Narsain Kc

उनले भने, ‘भूकम्प पीडितलाई अनुदान वितरण गर्ने कार्यविधि कांग्रेसकै पालामा बनेपनि त्यसलाई संशोधन गरेर अघि बढ्नु पर्छ, त्यसकालागि काँग्रेससँग सरकारले छलफल गर्नै पर्छ ।’ उनले बर्तमान सरकारमा कुनै पनि हालतमा कांग्रेस सहभागी नहुने भन्दै कांग्रेस अहिले सहभागी भए नौ महिना अघि गरेको निर्णय गलत ठहरिने भएकोले आफूहरु त्यसमा तयार नरहेको बताए ।

Womui
Womui