नक्कली पेस्तोल सहित पक्राउ

67

काठमाडौं, असार ११–
नक्कली पेस्तोल सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । राजधानीको ठमेलस्थित नर्सिङ चोकमा झगडा गरिरहेको अवस्थामा सामाखुशी निवासी २१ वर्षीय ज्ञानसागर लामा र नयाँबानेश्वरका २१ वर्षीया निर्मला लामालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुबीच झगडा भएपछि महानगरीय प्रहरी बृत्त लैनचौरको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ज्ञानसागरको साथबाट नक्कली पेस्तोल फेला परेको थियो । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Womui
Womui