आधारभुत पत्रकारिता तालिम समापन

106

नेपालगन्ज, असार ११–
पन्ध्रदिने आधारभुत पत्रकारिता तालिम समापन भएको छ । महिला सञ्चार समुह बाँकेले आयोजना गरेको तालिममा बोल्ने बक्ताले पत्रकारिता पेशामा अवसर र चुनौती दुवै रहेको बताए । समुहका अध्यक्ष अछरी पोखरेलको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा बोल्दै पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष रुद्र सुवेदीले चुनौतीको बाबजुद पनि पत्रकारिता क्षेत्रमा अवसर रहेको बताए । महासंघका पुर्व अध्यक्ष निरज गौतमले पत्रकारले सामाजिक परिवेश हेरेर कलम चलाउनुपर्ने सुझाव दिए ।

Journalist Trainning Pic

तालिमका प्रमुख प्रशिक्षक शिव डोटेलले पत्रकारिता पेशा लेख्दै जादाँ सिक्दै जाने पेशा भएकाले निरन्तर लागिरहनुपर्ने बताए । पत्रकार पुर्णलाल चुकेले पत्रकारिताको सिपले अरुतिर पनि काम लाग्ने बताउँदै पत्रकारिता पेशा आफ्नो क्यारियर बनाउने माध्यम पनि रहेको धारणा राखे । महिला सञ्चार समुहका अध्यक्ष अछरी पोखरेलले पत्रकार महिलाको संख्या बढाउने उदेश्यले तालिम आयोजना गरिएको प्रष्ट्याउँदै पत्रकारका सबै संघ ,संगठनले पनि पत्रकार महिलालाई अगाडी बढाउने, क्षमता अभिवृद्धिका तालिम सञ्चालन गर्ने र सहयोग गर्नुपर्ने धारणा राखिन् ।

Womui
Womui